Saturday 12th September 2026

सोमनाथ लुइटेलको गजल संग्रह – २


गजल

हाम्रो संबन्धलाई मायाले बचाउनु पर्छ ।
दु:ख जस्तो परे नी मिलेर चलाउनु पर्छ ।।

तिमी कैले नआत्तिनु समय जस्तो भएनी
माया दिएसी माया नै हामीले पाउनु पर्छ ।

पीडा दर्द आउँछ सबै पार गर्दै जाऊँला
सपना हुन्न बाचा मायाले समाउनु पर्छ ।

कहिलेकाही अबेला भएनी बुझी दिनु
प्रेमको गहराइमा पसि जगाउनु पर्छ ।

माया खेल होइन वचनले साथ निभाऊँ
जस्तै परेनी घर प्रेमले सजाउनु पर्छ ।

सोमनाथ लुइटेल रवि
पाल्पाली
हाल :- युगान्डा


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सको पालावान प्रान्तस्थित कोरोननजिकै यात्रुवाहक फेरीमा लागेको भीषण आगलागीबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ। फिलिपिन्स कोस्ट गार्डले जलेको एमभी…

खोटाङ–कुवेत सम्पर्क मञ्चले नेपालका बाढीपीडित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि रु. १ लाख ११ हजार १११ आर्थिक सहयोग प्रदान गर्ने…

दक्षिण अमेरिकी देश चिलीको एल एडेन वृद्धाश्रममा भएको भीषण आगलागीमा कम्तीमा १६ जनाको मृत्यु भएको छ। घटना पित्रुफक्वेन क्षेत्रमा शुक्रबार…

प्रतिकृयाहरू
...