Thursday 1st October 2026

कविताः दुर्गापूजा – लोक छन्द:झ्याउरे -हरि शर्मा (गलकोटे कवि)


हिमालकी छोरी बनी जन्मिएकी शैलपुत्री ।
सबै शक्ति संभावना बोकिकन मनैभरी ।
आरधना गरेदेखि मनकामना पूर्ण हुने ।
धनधान्य, आरोज्ञसाथ मोक्ष पनि मिल्दै जाने ।१।🌷🙏🌺

ब्रम्हाचारिणिको रुप दोस्रो दिन दुर्गा गर्छिन् ।
ब्रम्हा जस्तो आचरण तपस्यामा लिन हुन्छिन् ।
पूजा गरेदेखि मिल्ला आयु शक्ति भौतिक सुख ।
चुम्बकीय शक्ति भनी मानिएको दोस्रो रुप ।२।🌷🙏🌺

मस्तकमा घण्टी जस्तै अर्धचन्द्र देखिएको ।
ध्वनी शक्ति मानिकन पूजा आजा गरिएको ।
तेस्रो दिन चन्द्रघंटा चौथो रुप कुष्माण्डाको ।
आदि शक्ति मानिकन पूजा गर्ने गरिएको ।३।🌷🙏🌺

स्कन्दमाता पाँचौ दिन माता स्वरुप मानिएको ।
कुमार अनि कार्तिकेय माता बन्छिन् स्कन्दको ।
छैठौँ रुप कात्यायिनी भनिकन जानिएको ।
कात्यको घर जन्मिनाले कात्यायिनी मानिएको ।४।🌷🙏🌺

महिषासुर बध भयो छैठौँ रुप लिदाँ खेरी ।
सातौँ रुप कालरात्री डर लाग्दो काल सरी ।
महागौरी आठौँ रुप जनहरु भन्ने गर्छन् ।
भद्रकाली भनिकन शरणमा पर्ने गर्छ्न् ।५।🌷🙏🌺

नवौँ दिन सिध्दिदात्री भनिकन मानिएको ।
चण्ड मुण्ड निशुम्भ र शुम्भ दैँत्य मारिएको ।
औजार र साधनहरु यसै दिन हुन्छ पूजा ।
दुवै दिन बलि दिँदा फलफूल दिए अति मजा ।६।🌷🙏🌺

एवं रितले पूजा सकी दशमीको दिन पारी ।
कपालमा जमरा त टीका हुन्छ निधार भरी ।
मान्यजन खोजीकन आशिर्वाद लिँदै डुल्ने ।
ठुलो चाड दशैँ मान्दै मिठा कुरा खाइ भुल्ने ।७।🌷🙏🌺

धन्यवाद!🌷🙏🌺
हरि शर्मा(गलकोटे कवि)
मिशिगन, अमेरिका । 🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...