Tuesday 27th October 2026

जिन्दगी – छन्द: मारुनी -हरि शर्मा (गलकोटे कवि)


<<<लय: >>>
बल्ल पर्‍यो मानव जालमा!!!
बल्ल पर्‍यो कोरोना जालमा!!!

कोरोनाको कमाल जिन्दगी।
हरुवाको चाल यो जिन्दगी ।
निभी जाने दियो यो जिन्दगी।
धागो बिना सियो यो जिन्दगी।१।???

सारङ्गीको तार यो जिन्दगी ।
बाँचेको नि बेकार जिन्दगी।
कोरोनाको आशिष जिन्दगी।
घरभित्र बस्दै गो जिन्दगी।२।???

जस्ताको यो तस्तै भो जिन्दगी।
अल्छिपन सस्तै छ जिन्दगी।
काँचको यो चुरा भो जिन्दगी।
बेतालको सुर यो जिन्दगी।३।???

केटाकेटी कुरा यो जिन्दगी।
काठको यो छुरा भो जिन्दगी।
मनभरी अतास जिन्दगी ।
त्यो लुम्लेको बतास जिन्दगी।४।???

सिन्किको नै मोल भो जिन्दगी।
चिराइँतोको झोल भो जिन्दगी।
कोरोना नै सस्तो यो जिन्दगी ।
मिल्ला कि खै यसको औषधी।५।???

भनिकन पिडित कराए।
मरिन्छ कि भनेर डराए।
यस्तो सोच्दा झन रोग बढ्नेछ।
मनोबल दरिलो पार्नु छ।६।???

हरि शर्मा(गलकोटे कवि)
गलकोट बागलुङ, नेपाल
हाल: मिशिगन, अमेरिका । ???


सम्बन्धित शीर्षकहरु

बंगालको खाडीमा विकसित भएको चक्रवाती तूफान ‘अर्नब’ को प्रभावका कारण श्रीलंकामा लगातार भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेपछि सरकारले…

अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले केही दिनका लागि त्यस्ता क्षेत्रमा…

काठमाडौँ । साउदी अरब नेपाली श्रमिकका प्रमुख वैदेशिक रोजगारी गन्तव्यहरूमध्ये एक हो। विभिन्न अनुमानमा त्यहाँ झन्डै चार लाख नेपाली कार्यरत…

प्रतिकृयाहरू
...