Thursday 20th August 2026

जिन्दगी – छन्द: मारुनी -हरि शर्मा (गलकोटे कवि)


<<<लय: >>>
बल्ल पर्‍यो मानव जालमा!!!
बल्ल पर्‍यो कोरोना जालमा!!!

कोरोनाको कमाल जिन्दगी।
हरुवाको चाल यो जिन्दगी ।
निभी जाने दियो यो जिन्दगी।
धागो बिना सियो यो जिन्दगी।१।???

सारङ्गीको तार यो जिन्दगी ।
बाँचेको नि बेकार जिन्दगी।
कोरोनाको आशिष जिन्दगी।
घरभित्र बस्दै गो जिन्दगी।२।???

जस्ताको यो तस्तै भो जिन्दगी।
अल्छिपन सस्तै छ जिन्दगी।
काँचको यो चुरा भो जिन्दगी।
बेतालको सुर यो जिन्दगी।३।???

केटाकेटी कुरा यो जिन्दगी।
काठको यो छुरा भो जिन्दगी।
मनभरी अतास जिन्दगी ।
त्यो लुम्लेको बतास जिन्दगी।४।???

सिन्किको नै मोल भो जिन्दगी।
चिराइँतोको झोल भो जिन्दगी।
कोरोना नै सस्तो यो जिन्दगी ।
मिल्ला कि खै यसको औषधी।५।???

भनिकन पिडित कराए।
मरिन्छ कि भनेर डराए।
यस्तो सोच्दा झन रोग बढ्नेछ।
मनोबल दरिलो पार्नु छ।६।???

हरि शर्मा(गलकोटे कवि)
गलकोट बागलुङ, नेपाल
हाल: मिशिगन, अमेरिका । ???


सम्बन्धित शीर्षकहरु

रोजिना ढुंगाना - रातको करिब एघार बजेको थियो। सविताको हातमा मोबाइल थियो, तर उसको औँला एउटै स्क्रिनमा अडिएको थियो। उसले…

बंगलादेशका विदेश मामिला सल्लाहकार हुमायूं कबीरले प्रधानमन्त्री तारिक रहमानको आगामी सेप्टेम्बर १२–१३ मा भारतमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन…

इजरायली रक्षा बल (IDF) का प्रमुख लेफ्टिनेन्ट जनरल एयाल जामिरले दक्षिणी सिरियाको भ्रमण गर्दै इजरायलको सीमासँगै कुनै पनि शत्रुतापूर्ण शक्तिले…

प्रतिकृयाहरू
...