Friday 11th September 2026

नेपालले भाद्र १६ बाट सशर्त अन्तर्राष्ट्रिय उडान गर्ने


तितोपाटी – नेपालले यहि भाद्र १६ गते मंगलबारबाट सशर्त रूपमा अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । मन्त्रि परिषदको बिहिबार बसेको बैठकले पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार दैनिक ५०० यात्रु नकट्ने गरी संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्राललयले उडान तालिका बनाउनेछ । यसरी हुने उडानमा नेपाली नागरिक, कूटनीतिक नियोगका कर्मचारीहरु आउन सक्नेछन् र उनीहरुको ७२ घण्टाभित्र पीसीआर टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको हुनुपर्छ ।

पहिलो चरणमा कोरोना भाइरसको संक्रमण कम भएको र संक्रमण भएपनि सजिलै पीसीआर परीक्षण हुने मुलुकहरू मलेसिया, यूएई दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, हङकङ, अष्ट्रेलिया, अमेरिका, क्यानडा र युरोपेली मुलुकलाई पहिलो चरणमा खुला गर्ने र दैनिक ५ सय भन्दा नबढ्ने गरी मानिसहरुलाई नेपाल आउने अनुमति मिल्नेछ ।

नेपालीलाई घर फर्काउनु पर्ने तर पीसीआर परीक्षण सम्भव नहुने मुलुकबाट भने चार्टर्ड उडान गरी यात्रु ल्याइने छ । त्यस्ता मुलुकमा नियमित उडान हुने छैनन् भने हाल साउदी अरव, कुवेत, कतारलगायतका मुलुक यस्तो सूचीमा रहेका छन् ।

यसै गरी विदेशबाट आउने नागरिकले काठमाडौंमा आएपछि ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्नेछ । अब टिकट काट्दै होटेल क्वारेन्टिनको समेत मूल्य तिर्नु पर्नेछ । यस्तो रकम वायुसेवा कम्पनीले होटेललाई भुक्तानी गर्नेछन् ।


सम्बन्धित शीर्षकहरु

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच नयाँदिल्लीमा महत्वपूर्ण द्विपक्षीय वार्ता भएको छ। आगामी BRICS शिखर सम्मेलनको पूर्वसन्ध्यामा…

भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण र पुनःस्थापनाको कामलाई तीव्र बनाएको छ।…

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

प्रतिकृयाहरू
...