Friday 29th March 2024

भिडभाडा र तडक भडकबाट टाढै रहु तिजको दरमा के खाने के नखाने कसरी मनाउने ?


आर.बी.बुढाथोकी – तिज मनाउने आधुनिक सस्कार सँगै तडकभडक पनि दिनानु दिन बढ्दो क्रममा छ । देखासिकिका कारण अहिले तिजको दर माइतीमा नभै होटल,रेटुरेन्ट, पार्ट्री प्यालेसहरुमा भब्य हुँदै गएको छ । खानाका ब्यापक भेराइटी , मादक र पेय पदार्थमा भब्य हुँदै गएको हाम्रो तिज परमपरगत तिजको दर खाने तरिका लोप हुँदै गएको छ । आफ्नो मैलिक परम्परागत दर खाने तरिका अब आधुनिक तिर मोडिएको छ ।तीज आउँदा दर त खानै पर्यो तर स्वास्थ्यमा ध्यान नदिने हो भने विरामी र् अप्रिय दुर्घटनामा पर्न सकिन्छ । सामान्यतया चाडपर्वको बेलामा खाँदा ध्यान पु-याइएन भने विभिन्न समस्या आइपर्न सक्छ ।त्यसमा पनि दर खाने र व्रत वस्ने भएपछि यसमा विशेष ध्यान पु-याउन आवश्यक छ ।तिजको दरको नाममा एक महिना अगाडि देखि नै महिलाहरु ब्यस्त हुनु र पुरुषहरुमा पनि तिजको रौनक चड्नु आजको प्रमुख बिक्रिती हो । तिजको गीतमा आएका बिबिधातासङगै परमपरागत तिज लोप हुँदै गएको पनि प्रस्ट भान हुन थालेको छ । घाँटी हेरी हाड निल्ने प्रवृत्ति पनि हराउन थाले पछी तिज पहिला र अहिलेकोमा फरक हुँदै गएको बिज्ञहरुको भनाइ छ ।
तिज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन्। यो पर्व मुख्यरूपले नेपालभर मनाइन्छ भने भारतका कुनै कुनै प्रान्तमा पनि मनाइन्छ। भनिन्छ, आद्य शक्ति भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो बर्त राखेकी थिइन् त्यो दिन यही हरितालिका तीजको दिन थियो। त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरूले यो पर्व मनाउदै आएका छन्। तीजमा पानी पनि नखाई व्रत वस्ने पुरानो परम्पराका कारण धेरै महिला ‘डिहाइड्रेसन’ को शिकार बन्ने गरेका छन् । त्यसैले यहाँ केही तिजको दरमा के खाने के न खाने भनी प्रस्ट्याइेको छ ।
दर खाने भन्ने बित्तिकै सबिक भन्दा ज्यादा खान खोजिन्छ तर यो गलत हो यसले तपाईंलाई फाईदा गर्दैन ।सामुहिक रुपमा घर बाहिर दर खादा होस पुर्याएर सेलेक्टेड खाना मात्र खानु राम्रो र अल्कोहल नलिनुस जसले तपाईंलाई फाईदा गर्दैन।पोषणका लागि दरमा दुग्ध खाद्य पदार्थ खानु राम्रो मानिन्छ । दूध, दही, मखन, घिउ जस्ता खानेकुराले शरीरलाई लामो समय शक्ति दिने खाद्य प्राविधिज्ञ बताउँछन् तर यो पनि आफ्नो शरीरले मागे सम्म मात्र खानु राम्रो ।-.सके सम्म भारी खालका खानेकुरा नखाने र दरमा माछा मासुजस्ता परिकार खाने चलन पनि छ । यस्तो परिकार धेरै मात्रामा खानु स्वास्थ्य समस्या निम्त्याउनु हो । माछा मासु र अन्य परिकार खाँदा धेरै मरमसला हालेर पकाइएको सकेसम्म नखानु राम्रो हुन्छ चिल्लो पदार्थ पनि कम गर्ने ।सकेसम्म आफुले तयार गरेको ताजा र स्वच्छ खाना मात्र सेबन गर्ने, बर्षातको कारण यो मौसममा बजारका खानेकुरा तथा सागसब्जी अस्वस्थ पनि हुन सक्छ ।सकेसम्म मिठाइहरु नखाद राम्रो,प्राय गरी मिठाइहरु चिल्लो हुने र केही बासी पनि हुने हुँदा ब्रत बस्नेहरुका लागि यो स्वास्थ्यकर मानिन्न ।
यो चाडमा माइतीले बाबु आमा,दाजुभाइ) छोरी चेली लाई घरमा गई लिएर आउने वा बोलाएर मीठा-मीठा परिकार खुवाउने तथा मनका भावना एवम् सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने-बस्ने चलन छ। यस दिन विशेष महत्वकासाथ दर खाने गरिन्छ। यही दर खाने दिनबाट नै तीज पर्वको आरम्भ भएको मानिन्छ। दरमा ठाउँअनुसार विभिन्न मिठा-मिठा परिकार साथै खीर, ढकने, सेलरोटी, केरा लगायतका खाना, फलफूल खाने गरिन्छ।आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ। सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ। भोलिपल्ट दिनभर पानीसम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राति ढिलासम्म बसेर पेटभरी खाने प्रचलन बसेको हो।

नियमित औषधी प्रयोग गर्नेले दर खाँदा र ब्रत बस्दा बिशेष ध्यान पुर्‍याउनु जरुरी हुन्छ ।दर खादा अन्य खानाको तुलनामा सलाद र हरियो परियो बढी सेबन गर्दा लाभ हुन्छ ।तीजमा साथीभाईले के खान्छन के गर्छन् त्यसलाई बिशेषता नदिनुस आफ्नो इच्छा अनुसार सामान्य रुपमा सामान्य रुपमा दर तयार गर्ने बानी बसालौ ।दरका अधिकांश खानेकुरा चिल्ला हुँदाहुँदै पनि घिउ विशेष महत्वका साथ खाइन्छ तर यसलाई सके सम्म कम गर्दा नै उत्तम हुन्छ ।अहिलेको परीपेक्षमा शहरीया दर भन्दा नि ग्रामीण र परमपरा गत दर खाने तरिका नै उत्तम मनिएको हुँदा त्यसैलाई अङिकार गर्नु राम्रो देखिन्छ जस्ले आफ्नो परमपरा र मौलिकता झल्काउछ । दर खाने भनेर अग्रिम रुपमा ब्यापक गोस्टी र पार्टी आयोजना गरी मनाउनु पनि राम्रो मानिन्न जसले आगामी पुस्तालाई गलत सुचना जान्छ र मौलिकता गहन हुँदै जान्छ ।

सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...