Saturday 18th May 2024

कुवेतको मुत्ला सिटी प्रोजेक्टमा दुर्घटना पर्नेलाई एनआरएनको ८ लाख सहयोग


तोयानाथ उपेक्षित -गत १२ फेव्रवरी २०२० का दिन कुवेत स्थित मुत्ला सिटी प्रोजेक्टमा काम गरिरहेको अवस्थामा ज्यान गुमाएका ६ जना र घाईते २ जना गरी ८ जना नेपाली श्रमिकले एनआरएनबाट राहत पाउने भएका छन । आजै बसेको गैर आवासिय नेपाली संघको केन्द्रिय कमिटीले राहत दिने घोषणा गरेर एनआरएन खाडीका मजदुरहरुको साथमा छ भन्ने सन्देश दिएको छ । मृतक ६ जना र घाईते २ जना गरी ८ जनाको परिवारले समान एक एक लाख राहत स्वरुप पाउनेछन ।

घट्नाको लगत्तै एनसीसी कुवेतले स्थलगत भ्रमण गरेको र घाईतेलाई अस्पतालमा भेटेर उनीहरुको अवस्थाको बारेमा तत्काल केन्द्रलाई जानकारी गराएको थियो । घाईतेहरुको विकलांग शारीरिक अवस्थाबाट तंग्रिएर काममा फर्कन सक्ने सम्भावना नदेखेको एनसीसी कुवेतले आफ्नो रिपोर्ट एनआरएन केन्द्र र त्यसको वैदेशिक रोजगार शाखालाई पठाएको थियो ।

दुर्घटनामा ज्यान गुमाउने र घाईते हुनेहरुका परिवारलाई राहत दिन निरन्तर सम्पर्कमा रहेको एनसीसी कुवेतले केन्द्रसँग लिखित आग्रह समेत गरेको थियो । एनसीसी कुेतको आग्रहलाई उति नै बेला पोजेटिभ रेस्पोन्स केन्द्रले गरे पनि राहत घोषणा भने आज भएको हो । एनआरएन श्रमिकको साथी हो भन्ने सन्देश केन्द्रको निर्णयले पुष्टि गरेको भन्दै उक्त घोषणाले आफूहरुलाई सन्तोष लागेको एनसीसी कुवेतको प्रतिक्रिया छ । कोसेली सँग कुरा गर्दै अध्यक्ष सुजन केसीले केन्द्रप्रति र यो निर्णय गराउन भुमिका खेल्ने ब्यक्ति तथा रकम सहयोग गर्ने पदाधिकारीहरु प्रति आभार प्रकट गरेका छन । ८ लाख रकम एनआरएनका पदाधिकारीहरुबाट जम्मा गरिएको हो ।

उक्त अकल्पनिय घटनामा पर्ने मध्ये आठ जना नेपालीहरु थिए । उनीहरु पाईप लाईनको लागि खनिएको ठुलो खाल्डोमा काम गरिरहेको अवस्थामा दायाँबायाँको पर्खाल ढल्दा दुर्घटना परेका थिए । घटनामा पुरिएका आठ जना नेपाली मध्ये ६ जनाले घटना स्थलमा नै ज्यान गुमाएका थिए भने दुई जना गंभिर घाईते अवस्थामा अस्पतालमा अझै उपचारार्थ छन ।

यो घटना लगत्तै एनसीसी कुवेतको टिम, घटना स्थल, उनीहरु कार्यरत क्षेत्र तथा अस्पतालमा पुगि बिमारीको अबस्था बुझ्ने र उनीहरुको आर्थिक स्थिति निकै कमजोर रहेको हुँदा केहि रकम रहयोग गर्न सके मृतकको परिवार तथा बिमारीहरुलाई राहत मिल्ने बिवरण केन्द्रलाई बताउँदै सहयोग गर्न अपिल गरेको थियो ।

कुवेतमा सर्वसम्मत निर्वाचित भएको एनआरएन टिम आज सम्मकै आशा लाग्दो मानिसहरु नेतृत्वमा रहेको प्रतिक्रिया व्यवहारिक रुपमा पनि देखिदै आएको छ । नियमित मजदुरमैत्री काम गरिरहेको अध्यक्ष केसी र आईसिसि अमित राईको नेतृत्वको एनसीसी कुवेतको एकता र प्रतिवद्धताले एनआरएन प्रतिको पूर्ववत धारणामा समेत परिवर्तन आउन थालेको देखिन्छ ।यसरी नै हुनेखाने र धनिहरुको संस्थाको हो भन्ने हुईया पिट्नेहरुको लागि पनि एनआरएन संस्थाले खाडीका मजदुरमैत्री निर्णय गरि गलत साबित गरिदिएको छ भने यो कदमले कुवेत एनआरएन प्रति यहाँ रहेका नेपाली श्रमिकहरूको सकारात्मक भावना विकसित गर्ने निश्चित प्रायः छ।

उक्त घटनमा ज्यान गुमाउनेहरू र घाइतेहरू यस प्रकार रहेका छन्ः

ज्यान गुमाउनेहरु
एक बहादुर गाहा – पाल्पा
गंगाराम चौधरी – सिराहा
बसन्त गुरुङ – ताप्लेजुङ
श्याम नारायण चौधरी – दाङ
पूर्ण बहादुर सुनारी मगर – नबलपरासी
राजु रोका मगर – रोल्पा

गंभिर घाईते भई उपचार भईरहेकाहरु
धर्मेन्द्र कुमार शाह
मनोरथ मण्डल
सहयोग गर्ने घोषणाको विज्ञप्ति जस्ताको तस्तैः


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...