Friday 17th May 2024

तीजमा तहल्का पिट्दै ‘हामी पनि नाच्नपर्छ बिच्च बिच्चमा


तितोपाटी-आज नेपाली हिन्दू महिलाहरुको महत्वपूर्ण पर्व– हरितालिका तीज । हरितालिका तीजमा चेलीबेटीहरु माइतीमा आएर विभिन्न तीजका गीतमा रमाउँछन्- नाच्छन् गाउँछन् ।

‘तीजको लहर आयो बरी लै…’ यो सदाबहादर गीत भैहाल्यो । हरेक तीजमा बज्छ नै र बजाइन्छ पनि । चेलीबेटीहरु यी गीतमा मस्त रमाउँछन् । वास्तवमा यो गीतले नेपाली चेलीका भावनाहरुलाई समेटेको छ ।तर, हरेक वर्ष कुनै न कुनै गीतले तीजमा तहल्का पिट्छ । केही वर्ष पहिले ‘झन माथि सार्‍यो झन तल झर्छ हाइ मेरो फरिया’ यो बोलको गीतले बजारमा तहल्का पिटेको थियो । त्यस्तै गायिका कोमल वलीको ‘पोइल जान पाम…’ले राम्रै चर्चा कमायो ।

तर, यो वर्ष दुर्गेश थापाको गीतले बजार पिटेको छ । एक महिना यता हरेक तीजका कार्यक्रममा घन्किने गीत हो– ‘हामी पनि नाच्नुपर्छ बिच्च बिच्चमा…’ । गीत हरेकको मुखमा झुण्डिएको छ । त्यतिमात्र नभएर टिकटकमा समेत भाइरल बनेको छ ।

गीतकै कारण दुर्गेश थापाको व्यस्तता पनि निकै बढेको छ ।


सम्बन्धित शीर्षकहरु

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

सुस्तरी मनमा पसेर गयो मायाको डोरी कसेर गयो । चोखो माया दिएकी थिए निष्ठुरी बनी डसेर गयो । दिलभित्र लुकाइ…

प्रतिकृयाहरू
...