Tuesday 6th October 2026

तीजमा तहल्का पिट्दै ‘हामी पनि नाच्नपर्छ बिच्च बिच्चमा


तितोपाटी-आज नेपाली हिन्दू महिलाहरुको महत्वपूर्ण पर्व– हरितालिका तीज । हरितालिका तीजमा चेलीबेटीहरु माइतीमा आएर विभिन्न तीजका गीतमा रमाउँछन्- नाच्छन् गाउँछन् ।

‘तीजको लहर आयो बरी लै…’ यो सदाबहादर गीत भैहाल्यो । हरेक तीजमा बज्छ नै र बजाइन्छ पनि । चेलीबेटीहरु यी गीतमा मस्त रमाउँछन् । वास्तवमा यो गीतले नेपाली चेलीका भावनाहरुलाई समेटेको छ ।तर, हरेक वर्ष कुनै न कुनै गीतले तीजमा तहल्का पिट्छ । केही वर्ष पहिले ‘झन माथि सार्‍यो झन तल झर्छ हाइ मेरो फरिया’ यो बोलको गीतले बजारमा तहल्का पिटेको थियो । त्यस्तै गायिका कोमल वलीको ‘पोइल जान पाम…’ले राम्रै चर्चा कमायो ।

तर, यो वर्ष दुर्गेश थापाको गीतले बजार पिटेको छ । एक महिना यता हरेक तीजका कार्यक्रममा घन्किने गीत हो– ‘हामी पनि नाच्नुपर्छ बिच्च बिच्चमा…’ । गीत हरेकको मुखमा झुण्डिएको छ । त्यतिमात्र नभएर टिकटकमा समेत भाइरल बनेको छ ।

गीतकै कारण दुर्गेश थापाको व्यस्तता पनि निकै बढेको छ ।


सम्बन्धित शीर्षकहरु

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

प्रतिकृयाहरू
...