Sunday 5th May 2024

नेपालमा “समाजवादी पार्टी नेपाल” को आवश्यकता किन ?


ववर्तमान नेपाली राजनैतिक भारतीय बिस्तारवाद सङ्ग सङ्गै पुरातनवादी नोकरसाही पुंजीवादी, एकात्मकवादी, नवउदारवादी पुंजीवाद तथा जड सुत्रीय पुंजीवाद र एकल धुर्विय राजनैतिक, पशिच्मा शक्तिहरुको दाउपेच र भुलभुलैयाले गर्दा बर्तमान राज्यसत्ताबाट नेपाल र नेपाली समाज शोषण र दमनमा परिरहेको परिस्थिति छ, वर्तमान राज्य सत्ताले वर्गिय राज्यसत्तालाई विध्वंस गरेर नया एकल वर्गिय राज्यसत्ता नेपाली जनतामा थोपार्न त खोजेको होइन ?

खासगरी कम्युनिस्ट पार्टीबाटै निर्वाचित राष्ट्रपतिको आचरण हिजोको राजतन्त्रकालका कुनै पनि शासकको भन्दा खास फरक देखिँदैन । जुन खालका तडकभडक देखापर्छन्, सामान्य अवस्थामा पनि जनताको बीचमा जनतासरह नै घुलमिल हुन सक्ने अवस्थालाई परित्याग गरेर राष्ट्रपति बाहिर निस्कँदा सडकदेखि विमानस्थलसम्म जनतालाई सास्ती दिएका कारण आमजनताले समेत राष्ट्रपतिलाई जनताको, कम्युनिस्ट सरकारको राष्ट्रपतिभन्दा पनि पुरानै राजतन्त्रात्मक राजारानीजस्तो देख्नु अत्यन्तै विडम्बनापूर्ण छ । त्यसरी नै प्रधानमन्त्रीदेखि मन्त्री र कार्यकर्तासम्मका आचरण अत्यन्त भद्दा, सामन्तवादी, निरंकुशतावादी ढाँचाको देखा परिरहेको छ । राज्यसत्तामा लोकतान्त्रिक अभ्यास पनि अत्यन्त कमजोर देखिएको छ । जनतामा निराशा छाएको छ, जनताले अपेक्षित गरेको भन्दा निकै कमको कार्य सम्पादनको महशुश गरेको भान भएको छ वर्तमान नेततृव बाट ।

देशमा अहिले पुर्ण बहुमतको ने क पा पार्टिको सरकार छ । कम्युनिस्टको सरकार , सर्वहारा सरकार , श्रमिक वर्गको सरकार ,सामान्य अर्थमा कम्युनिस्ट पार्टी भनेको अग्रगामी, प्रगतिशि, श्रमवर्गिय बिचारको अवलम्बन गर्ने शक्ति भनेर बुझिन्छ । कार्ल मार्क्रसले मुल रुपमा भौतिकवादी, द्धन्दवादी ,प्रगतिशिल दर्शन पर्तिवादन गरे । त्यतिबेला सम्म युरोपमा हुर्केका पुंजीवादीहरुको निर्मम चिरफार गरेर, पुंजीवादी पश्चातको अथवा उत्तर पुंजीवादी समाजको परिकल्पना गरेपछि मात्र नै विश्वका बिभिन्न देशमा कमन्युयिजम (कमन्युस्टि ) पार्टी उदाए । त्यहि दौरानमा नेपाल पनि अछुतो रहेन । अहिले एकाईसौ सताब्दीमा बिश्वबाट कमन्युस्टिहरु असफल हुदै गर्दा नेपाल र नेपाली जनताले एउटा उदाहरणीय शैलिमा बिश्वलाई देखाईदिए कि नेपालमा अझै कमन्युनिस्ट छ भनेर । नेकपालाइ दक्षिण एसियाकै तेस्रो कमन्युनिस्ट पार्टि बन्ने अवसर दिए ।वर्तमान सर्वहारा वर्गको सरकारले कसरी देशलाई समृध्द बनाउने राजमार्गमा डोर्याउन सक्छ र देशको मुहार फेर्न सक्छ विश्वको आखा हाम्रो देशको राज्यसत्ता माथि छ  तर सरकार सन्चालन भएको १ वर्ष बित्दा पनि भ्यागुतो उफ्राईको गतिमा देश छलाङ्ग मार्नु पर्नेमा कछुवाको गतिमा घिस्रीदै छ। आखिर कहाँ छ त देशको समृध्दि र बिकास गर्ने जडसुत्र त्यसतर्फ सरकारको ध्यान जानुपर्नेमा ठुला ठुला गफ गरेर , कुर्शिको भागवन्डा, भ्रसटाचार  देखि लिएर आसेपासे पोस्ने, आफ्नो सुखसयलमा रमाउने तिर बढि जोड दिएएको जस्तो देखिन्छ । लोकतन्त्रमा जनतामा समाजवाद तव आउछ , जब जनता देशप्रतिको मनोभावना भित्र देखि नै महसुस गर्न सक्छ तर यस्तो बातवरणको सृजना गर्ने मुख्य अभिभारा बोकेको राज्यसत्ता नै  पुंजीवादको पिलग्गु भएर पछाैटेपनमा गाँजिन्छ भने कसरी जनताले समाजवादको अनुभूति गर्ने ?

सर्वहारा बर्गको अधिनायकत्वलाई एकदलिय कम्युनिस्ट अधिनायकत्वको रुपमा लिने समाजवादी, लोकतन्त्रको जलनवादी धार , युरोकमन्युजियम र अर्नोकृष्ट धारको चिरफार हुनु जरुरि छ। प्रतिगामी, यस्थास्थितिबादी, नोकरसाही पुंजीवादी भन्दा माथि उठेर समुन्नत समाज हुदै देश निर्माण गर्नु अहिलेको मुख्य आवश्यकता हो ।

१ वर्षको अन्तरालमा देश र जनताले बिकल्प खोजिरहेको छ । अबको बिकल्प नेपाली भुराजनीतिमा जनताले काङ्ग्रेस नव उदारवाद समाजवाद , पुंजीवाद र नेकपाको एकाईसौ सताब्दिको जनवाद , जजब , समेतलाई मध्यनजर गरेर एकाईसौ सताब्दिमा बिश्व बढ्दै गरेको सुहाउदो बैकल्पिक राजनितिक शक्ति वा धारको प्रभाव परिरहेको बेलामा नेपाली जनता बैकल्पिक राजनितिक धार खोजी गरिरहेका छन् । हाल नेपालमा पनि बैकल्पिक धार उदाउनबाट बन्चित रहन नस्क्ने कुरा जगजाहेर नै छ।जसको फलस्वरुप पुंजीवादी र नव उदरवादीको खोल ओढेका काङ्ग्रेस र आफुहरुलाई खाँट्टी कम्युनिस्ट बताउनेहरुको बिकल्पमा सङ्घियता, सुशासन ,समृद्धि , समाजवद सहित जनताद्वारा निर्वाचित कार्यकारिणी प्रमुख, सहितको नीति कार्यक्रमका साथ सैध्दान्तिक ,बैचारिक कोणबाट हेर्दा बलियो समुन्नत समाजवादी शक्ति बनाउने दिसा तिर अगाडि बढिरहेको छ !!

राष्ट्रियता, जनतन्त्र र जनजिविकाका सवालहरुमा बिधमान समस्याहरु समाधान गर्ने सवालमा खास रुपमा साच्चिकै बैज्ञानिक समाजवादी शक्तिको उदय भएको छ । बैचारिक जड्ता र बदलिदो बस्तु परिस्थिति, राजनितिक चेतना बिचको अन्तरबिरोध द्वारा नै नयाँ युगको दर्शन निर्माण हुने गर्दछ । नेपालमा वर्तमान अवस्थामा जरा गाडेको र हरेको नवउदारवादी पुंजीवादी र साम्यवादी दुवै धारको बिकल्पमा नयाँ धार सहितको नयाँ युगको आवश्यकता महसुश गर्दै समाजवादको बैज्ञानिक स्पष्ट मार्गचित्र बिना समृध्दि बिकास , समानता ,सुशान र न्यायोचित बितरण सम्भव छैन। हाम्रो देश एउटा बहुभासिक , बहुसांस्कृतिक , बहुधार्मिक, बहु जातिक भएकोले बिबिधता लाई एकता गर्दै देशमा सम्पुर्णलाई समानताको अधिकारको प्रत्याभुति गराउदै देशलाई सप्तरङ्गि रास्ट्र बनाउन र दुईवटा उदाउँदै गरेको महाशक्तिहरुसङ्ग गतिशिल पुलको काम गरेर त्यहाँबाट फाईदा लिएर देश र जनतालाई समृध्दि र बिकास गर्न नयाँ बैज्ञानिक समाजवादी सिद्धान्त सहितको “समाजवादी पार्टि नेपाल ´´को खाचो खड्किएको छ बर्तमान अवस्थामा ।


सम्बन्धित शीर्षकहरु

जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै छिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा…

पुष्कर अथक रेग्मी - गण्डकी माहात्म्य अनुसार मुक्तिक्षेत्र, रूरूक्षेत्र, रामपुरक्षेत्र र देवघाट हरिहरक्षेत्र समेतको परिसरलाई गण्डकी क्षेत्र मानिएको छ ।…

नेपाल मेरो जन्मभूमि र कर्मभूमि हो युवाले यो देशको गरिमा र शान बढाउन पर्ने हो   नेपाल आमाको मुहारमा मुस्कान…

प्रतिकृयाहरू
...