Thursday 20th August 2026

मगर संघको आयोजनामा कुवेतमा माघे सक्रान्ति पर्व शुभकामना, नाचगान र वनभोज गरी भव्य रूपमा सम्पन्न


तितोपाटी – मगर संघ कुवेतले सम्पुर्ण कुवेतवासी नेपालीहरूलाइ अातिथ्यता गराउँदै माघे सक्रान्ती २०७५  धुमधामको साथ मनाएको छ । कुवेतको मध्यवर्ती क्षेत्र हिजुल कवड यरियाको रमणिय हलमा हिँजो एक विशेष समारोहको अायोजना गरेर मनाएको हो ।  संघले हिँजो नेपाली राजदूतावास, कुवेतमा कृयशिल संघ सँस्था, पत्रकार, वुद्दिजीवि, समाजसेवी, कलाकार तथा सम्पुर्ण मगर दाजुभाइ तथा दिदीबहिनीहरूको समुपस्थितिमा शुभकामना अादानप्रदान, गीत संगीत, विभिन्न रोचक खेलकुद र माघे सक्रान्ति विशेष पक्वान्न सहितको भव्य वनभोज कार्यक्रम गरेर मनाएको हो । सबै नेपालीहरूको माैलिक पर्वको रूपमा रहेको माघे सक्रन्ति पर्वलाइ मगर समुदायमा मुख्य पर्वका रूपमा मनाउने गरिन्छ ।

“ईतिहास, भाषा, संस्कृति संरक्षण-सम्बर्द्वन मगरहरुको मुलमन्त्र, जातिय पहिचान र स्वायत्त शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र” भन्ने मुल नाराका साथ कुवेतमा सक्रिय संस्था नेपाल मगर कुवेतको हिँजोको कार्यक्रम संघका अध्यक्ष मित्र सिंजालीको सभाध्यक्षता र नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत यज्ञ बहादुर हमालको प्रमुख अातिथ्यता एवं कुवेतमा कृयाशिल संघ सँस्थाका पदाधिकारी एवं प्रतिनिधि, पत्रकार, सामाजिक अभियन्ता, बुद्दिजीवि, कलाकार लगायतको अातिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो । दिउँसो १ बजेबाट शुरू भएको कार्यक्रममा सहभागी हुन अतिथि अाउने क्रम साँझ ५ बजेसम्म पनि जारी थियो भने साँझ ६ बजेसम्म नाचगान र खानपिन चलेको थियो

कार्यक्रमा आफ्नो कार्यकाल पुरा गरी नेपाल फर्किन लागेका राजदूत हमाल र उहाँको को धर्मपत्नी रिता हमाललाई दोसल्ला ओढाइ सम्मान पूर्वक समाजले बिदाइ गरेको थियो भने राजदुत हमालले  माघे सक्रान्ति पर्वको शुभकामना दिदै आफ्नो रितिरिवाज, कला संस्कृति परम्परा जोगाउन सामाजिक कार्यमा अग्रसर मगर संघ कुवेतलाई धन्यवाद दिएका थिए । यसै गरी नेपाल पत्रकार महासंघ कुवेतका महासचिब आनन्द आचार्य, नेपाल तामाङ घेदुङ कुवेतका अध्यक्ष सुरेश ग्यबा तामाङ लगयतले “माघे सक्रान्ति” को शुभकामना मन्तव्य दिएका थिए ।

 कुवेतका हरेक शहरबाट आतेजातेको निःशुल्क ब्यवस्था गरिएको उक्त कार्यक्रमलाइ हर्सोल्लास र मनोरञ्जनात्मक बनाउन आफ्नो मगर पहिचान र मौलिकता झल्काउने खालका नृत्य झ्याउरे,सालैजो, कौडा, सोरठी नृत्य गरी प्रस्तुत गरिएको थियो भने युगल रूपमा लाइभ दोहोरी गित प्रस्तुत गरि उपस्थित सबैलाइ छमछमी नचाइ धुमधामसँग सम्पन्न गरिएको थियो। कार्यक्रममा मगर संघकी सदस्य देबी थापा मगरले मगर भाषामा स्वागत मन्तव्य तथा  प्रथम उपाध्यक्ष मनु भुजेल मगरले मगर जातीको मुख्य साँस्कृतिक पर्व माघे सक्रन्ति पर्वको एेतिहासिक पक्षको बारेमा प्रष्ट पारेका थिए भने कार्यक्रमलाइ उपाध्यक्ष बसन्त थापा मगर र महासचिब धन थापा मगरले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष मित्र सिन्जाली मगर ले उपस्थिती जनाई सफलताका साथ सम्पन्न पार्न प्रत्यक्ष या परोक्ष रुपमा आर्थिक, भौतिक, नैतीक एवं बौद्दिक क्षेत्रबाट सहयोग गर्नुहुने सम्पूर्ण नेपाली सँघ-संस्था, नेपाली दूतावास, समाजसेवी, बुद्दिजिबी, भद्रभलाद्मी, कलाकार, पत्रकार एवं उपस्थित सम्पूर्ण मगर तथा गैर-मगर नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको साथ, सहयोग, सहकार्य र सद्भावका लागि उच्च प्रशंसाका साथ धन्यवाद ज्ञापन गर्दै, भविष्यमा पनि मगर संघ, कुवेतबाट आयोजना हुने हरेक गतिविधिहरुमा सम्पुर्ण कुवेतवासी नेपालीहरूकाे यसरी नै सहयोग रहने अपेक्षा गदै सबैलाई विशेष धन्यवाद दिएका थिए ।

 


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) र इरानबीच नयाँ विवाद उत्पन्न भएपछि मध्यपूर्वमा तनाव थप बढेको छ। बुधबार बिहान, अगस्ट १९, इरानी…

कुवेतको गृह मन्त्रालयअन्तर्गत लागूऔषध नियन्त्रणसम्बन्धी महानिर्देशनालयले देशभर सञ्चालन गरेको विशेष सुरक्षा तथा निगरानी अभियानका क्रममा विभिन्न राष्ट्रियताका २२ जना संदिग्धलाई…

दमास्कस — सिरियाको पूर्व राष्ट्रपति बशर अल–असदको शासनकालमा सञ्चालन भएको भनिएको गोप्य परमाणु कार्यक्रमसँग सम्बन्धित एउटा पहिले घोषणा नगरिएको स्थानमा…

प्रतिकृयाहरू
...