Friday 29th March 2024

INAS कुवेतको पाँचौ वार्षिक उत्सब तथा नयाँ वर्ष सांगितिक धमाका २०१९ सम्पन्न


तितोपाटी-अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतको पाँचौ वार्षिक उत्सब तथा नयाँ वर्ष सांगितिक धमाका २०१९ सम्पन्न भएको छ । कुवेतको हवाली स्थित बोयज स्काउट एसोशियसनको थियटरमा अतिथी कलाकार चर्चित लोकदोहोरी गायक खुमन अधिकारीका साथमा सांगितिक कार्यक्रम गरी सम्पन्न भएको हो ।

INAS का अध्यक्ष डोलराज न्यौपानेको सभाध्यक्षता र  नेपाली राजदूतावास कुवेतका महामहिम राजदुत यज्ञ बहादुर हमालको प्रमुख अ।तिथ्यतामा सम्पन्न उक्त समारोहका अतिथीहरुमा पत्रकार महासंघ कुवेत साखाका अध्यक्ष हरिकृष्ण न्यौपाने , गैर आवासीय नेपाली संघ कुवेतकी अध्यक्ष सुमीत्रा पौडेल , नेपाल आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामांग , लाली गुराँस साँस्कृतिक परिवार कुवेतका अध्यक्ष माधब पौडेल रहेका थिए भने कार्यक्रममा बिभिन्न संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरु, पत्रकारहरु ,बुद्दिजिबी , समाजसेवी कुवेतवासी नेपालीहरूको बाक्लो उपस्थित रहेको थियो ।

सामुहिकरूपमा दिप प्रज्वलन र वार्षिक उत्सवको केक काटेर उद्घाटन गरिएको उक्त कार्यक्रममा INAS कुवेतले महामहिम दम्पतिलाइ मायाको चिनो र दोसल्ला ओढाएर विदाइ गरेको थियो भने सम्मानित भइ कदरपत्र प्राप्त गर्नेहरूमा अतिथि कलाकार खुमन अधिकारी र सँस्थाको कार्यक्रम सफल पार्न विशेष सहयोग गर्ने बिइसी एक्सचेन्जका प्रतिनिधी डम्बर गुरुङ,  माया बुधा, शिब कोइराला, राजेन्द्र कटवाल, चन्द्रकला गौतम, टिका न्यौपाने, बिष्णु परियार, होमनाथ गिरी लगायतका व्यक्तिहरू थिए ।

चर्चित गायक खुमन अधिकारीको सांगीतिक प्रस्तुति हेर्नका लागि कुवेतवासी नेपालीहरु व्यग्र प्रतिक्षामा थिए ।कार्यक्रम हल खचा-खच भरियको थियो । जब साँझ ३: बजेतिर चर्चित लोक दोहोरी गायक अधिकारी मञ्चमा उक्लिए, दर्शक दीर्घाबाट ताली वर्षियो । मञ्च उक्लिने बित्तिक्कै खुमनले आफ्नो नयाँ आउँदै गरेको गीत कुहु -कुहु कोहिली कराउने गुनगुनाए, ‘सँगै बाच्न पाईएन निर्माया ……!’ सिलाई देउला भोटो , कपाल कोर्ने काँइयो …, त्यो मन रुन्न होला स्यांजालीलाई न भन जाली ………, लगायत एक दर्जन भन्दा बढी प्रस्तुती पस्केका थिए । हानहान दोहोरीमा र्याप’ भन्ने गीत गाउँदा नाच्नेको धुइरो नै लागेको थियो भने लाइभ दोहोरी मार्फत साँझ ७ बजे सम्म सांगितिक कार्यक्रम चलेको थियो ।

सँस्थाका उपाध्यक्ष कृष्ण सुनारको स्वागत तथा सल्लाहकार अमर खड्का र महासचिव निरूमाया खड्काको संचालनमा ख्यातिप्राप्त गायक खुमन अधिकारीको प्रस्तुति कुवेतवासी नेपालीले निकै मन पराए भने स्थानिय कलाकारहरुको प्रस्तुतिले उपस्थित दर्शक हरुलाई थप मनोरन्जन प्रदान गरेको थियो । वार्षिक उत्सब तथा नयाँ बर्ष सांगितिक धमाका कार्यक्रमका सभापती डोल राज न्यौपानेले कार्यक्रम सफल पार्न सहयोग पुर्याउने उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...