Wednesday 26th August 2026
प्रवास
Image

तितोपाटी - संयुक्त राज्य अमेरिकाको मेरिल्यान्ड राज्य डिस्ट्रिक्ट ८ बाट राज्य विधान सभा सदस्यको लागि डेमोक्रेटिक पार्टीको प्राइमरी निर्वाचनमा नेपाली मूलका ह्यारी भण्डारी निर्वाचित भएका छन् । साथै भण्डारी डेमोक्रेटिक पार्टीको मेरिल्यान्ड राज्यको केन्द्रीय सदस्यमा पनि निर्वाचित भएका छन् । अमेरिकामा मध्यावधि निर्वाचनका रूपमा लिइने नोभेम्बर ६ मा हुने निर्वाचनमा ह्यारी…

Image

बसन्त थापा- लुम्बिनी समाज नेपाल कुवैतले बिपन्न परिवार समीरा बोहोरालाई आर्थिक सहयोग गरेको छ। अर्घाखाँची जिल्ला सितगङ्गा ३ निवासी ३ वर्षीय समिरा बोहोरालाई रक्त क्यान्सर रोगबाट पिडित बिरामीको उपचारका लागि आर्थिक सहयोग संकलन गरि नेपाली रुपैया ६१ हजार, २०१८ जुन २६ तारिक का दिन बुटवलमा एक कार्यक्रम गरि समाज सेवी…

Image

तितोपाटी - धनुषा जिल्लाबाट वैदेशिक रोजगारीमा गएका एक युवा दश वर्षदेखि सम्पर्कविहीन हुँदा सन्तान बिचल्लीमा परेका छन् । सिनुरजोडा गाउँका पल्टु यादव ओमान गएदेखि सम्पर्कमा नआउँदा बालबच्चा सहाराविहीन बन्न पुगेका छन् । यादव ओमान गएपछि उनकी श्रीमतीले इँटाभट्टामा काम गर्दा गाउँहरूले अनैतिक सम्बन्धको आरोप लगाएपछि उनले आत्महत्या गरेदेखि छोरी पुनिता टुहुरो…

Image

तितोपाटी - अघिल्लो साता आत्महत्याको प्रयासपछि गम्भीर घाइते नुवाकोटका ईश्वर थिङले क्षतिपूर्ति पाएका छन्। थिङलाई उनले काम गर्ने कम्पनी ग्लोबल सेक्युरिटीले झन्डै नौ लाख बराबरको क्षतिपूर्ति दिएको हो। उनलाई क्षतिपूर्ति दिलाउन हङकङ र मकाउका लागि नेपाली महावाणिज्यदूत कमलप्रसाद भट्टराई, गैर आवासीय नेपाली संघ (एनआरएन) मकाउकी अध्यक्ष शान्ति अधिकारी र चेम्बर अफ…

Image

तितोपाटी - कुवेतमा नेपाल कम्युनिष्ट पार्टीको प्रवास संगठन गठन गर्नको लागि एक छलफल कार्यक्रम सम्पन्न भएको छ । नेपालमा दुइ ठुला कम्युनिष्ट पार्टीहरू तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माअोवादी केन्द्रविच एकता भर्इ नेपालको इतिहासमै अहिले सम्मकै सबैभन्दा ठुलाे पार्टीको रूपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गठन भए पछि कुवेतमा…

Image

तितोपाटी - वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा पुगि अल्पत्र परेका २१ जनालाई नेपाली दूतावासले उद्दार गरि नेपाल पठाएको छ । विभिन्न कारणले समस्यामा परि साउदी अरबको रियादस्थित डिपोर्टेसन सेन्टरमा नेपाल फर्किनका लागि पर्खिरहेका २१ जना नेपालीलाई सोमबार (२५ जुन २०१८) तारीख नेपाली दूतावासको प्रयासमा कानूनी एवं प्रशासनिक प्रक्रिया पूरा गरी…

Image

तिताेपाटी — मलेसियाको पेनाङस्थित पया टेर्‍वोङमा कामदार बाेकेको बस सोमबार बिहान दुर्घटना हुदाँ कम्तीमा ३६ जना नेपाली कामदार घाइते भएका छन् । बसमा ६० जना कामदार सवार थिए । प्लेकसस् कम्पनीको ‘सी’ साइडमा काम गर्न जानेक्रममा ती कामदार चढेको बस सडकमा पल्टिएको हो । स्थानीय समय अनुसार बिहान ५:३० बजे…

Image

तितोपाटी - कुवेतमा अपराध गर्ने विदेशीको सूचीमा नेपाली समुदाय ‘अन्य’ मा पर्छ । कुवेतको आन्तरिक मन्त्रालयको प्रतिवेदनअनुसार सन् २०१७ मा १० हजार ९ सय २९ वटा अपराधजन्य घटना भएका थिए, जसमा सबभन्दा बढी इजिप्सियन (२ हजार ६ सय २१), दोस्रोमा बेडोइन क्षेत्रका (१८ सय ३), तेस्रोमा भारतीय (११ सय ३१), चौथोमा सिरियन…

Image

तितोपाटी - साउदी अरेबिया महिलाहरूलाई सवारी साधन चलाउन अनुमति दिने विश्वको अन्तिम देश बनेको छ। स्थानीय समय अनुसार मध्यरात एउटा शाही घोषणामार्फत उक्त प्रतिबन्ध हटाइएको घोषणा गरिएको थियो। रूढिवादले जरो गाडेको साउदी अरेबियामा सवारी चलाउन लगाइएको प्रतिबन्ध हटाउने घोषणाले महत्त्वपूर्ण सुधारको शुरूवात गरेको  संवाददाताहरू बताउँछन्। यसलाई राजकुमार मोहम्मद बिन सलमानले नेतृत्व…

Image

तितोपाटी - वैदेशिक रोजगारका लागि कुवेत जान लागेका पाँच नेपाली महिला कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज फिर्ता पठाइएको छ ।  कामदारको प्रवेशाज्ञा र श्रम स्वीकृति फरक परेकाले फिर्ता पठाइएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी उद्धव रिजालले जानकारी दिए । “विदेश पुगिसकेपछि उद्धार गरिहाल्नुपर्ने स्थिति देखिएकाले फिर्ता पठाउने निर्णय लिइएको हो” – उनले…