Saturday 24th October 2026

युएइमा हृदयघातका कारण कोमामा पुगेका एक नेपालीलार्इ उपचार खर्च अभाव


तितोपाटी – ईलाम घर भएका जङ्गबहादुर लुङगेली एक महिना देखि दुबईको एक अस्पतालमा उपचारत छन् ।बैदेशिक रोजगारको शिलशिलामा केही महिना अगाडी दुबई पुगेका लुङगेली दुबईको फार्म फ्रेश एलएलसी कम्पनीमा कार्यरत थिए । उनलाई जुन १९ तारीखका दिन अकस्मात हृदयघात भएपछि नजिकैको एनएमसी अस्पतालमा भर्ना गरिएको थियो ।

उनको अवस्था स्थीर रहेकोले भेन्टिलेटरमा राखिएको अस्पतालले जानकारी दिएको छ । बिरामीको उपचारको लागि हालसम्म १ लाख १४ हजार दिर्हाम (३४ लाख रुपैयाँ) खर्च भइसकेको र ईन्सुरेन्स कम्पनीले थप रकम नबेहोर्ने भएपछि आर्थिक समस्या भएको चेतन बरालले जानकारी दिएका छन् ।

युएईका लागि कार्यबाहक राजदुत सागर फुयाँल र श्रम सहचारी मोतीराम भुसालले मंगलबार अस्पतालमा पुगेर बिरामीको बारेमा जानकारी लिएका थिए । फुयाँलले अस्पताल र कम्पनीका प्रतिनिधिहरुसँग पनि छलफल गरेका थिए । बिरामीको थप उपचारको खर्च र नेपाल पठाउन लाग्ने खर्चको बारेमा पनि कम्पनी प्रतिनिधिसँग कुरा भएको श्रम सहचारी मोतीराम भुसालले जानकारी दिएका छन् । भुसालका अनुसार बिरामीलाई चाँडै नै नेपाल पठाईनेछ ।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) मा समुद्री तेल प्रदूषण फैलिएपछि उम्म अल क्वाइनका सबै समुद्री तट तथा तटीय क्षेत्र अस्थायी रूपमा…

सर्बियाको राजधानी बेलग्रेडमा चुनावअघि विद्यार्थी नेतृत्वको आन्दोलनले ठूलो शक्ति प्रदर्शन गरेको छ। बिहीबार आयोजित र्‍यालीमा करिब १ लाख ५० हजार…

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

प्रतिकृयाहरू
...