Wednesday 23rd September 2026

कतार विश्वकपको सुरक्षाका लागि नेपालीलार्इ लैजाने तयारी


तितोपाटी – गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपालका लागि बेलायती र कतारी राजदूतले छुट्टा छुट्टै भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा नेपालका लागि कतारी राजदुत युसुफ बिन मोहम्मदले गृहमन्त्री थापासँग मंगलबार अपरान्ह भेटवार्ता गरे ।

भेटमा नेपाल–कतार द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले कतारमा कार्यरत नेपालीहरुको सेवा, सुविधा तथा सुरक्षाका विषयमा राजदुतसँग जानकारी लिएका थिए । साथै सुरक्षा र अन्य क्षेत्रमा समेत दुई देशबीच सहकार्यका लागि आग्रह गरेको गृहमन्त्रीको सचवालयले जनाएको छ ।

राजदुत मोहम्मदले नेपाल र कतार कुटनीतिक सम्बन्ध यो वर्ष ४० वर्ष पुगेको र सो अवसरमा गृहमन्त्री थापालाई कतार भ्रमणका लागि आग्रह गरे । उनले सन् २०२२ मा विश्वकप फुटवलको आयोजना गर्न गईरहेको सन्दर्भमा सुरक्षागार्डमा ठुलो संख्यामा नेपालीहरुलाई लैजान कतार इच्छुक रहेको र त्यसका लागि आवश्यक परे छुट्टै सम्झौता गर्न तयार रहेको बताए ।

कतारमा हाल पाँच लाख बढी नेपाली रोजगारीका लागि पुगेका छन् ।


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...