Friday 26th April 2024

२२ महिनादेखि नाइजेरियमा फसेका अमेरिका हिडेका २ नेपालीको उद्दार


तितोपाटी – नेपाली दलालले अमेरिका लैजान्छु भनी बिगत २२ महिनादेखि नाइजेरियामा बन्धक जस्तै बनाएर राखेका बाग्लुङका बिबिन्द्र श्रेष्ठ र जगन थापा मंगलबार नेपाल फिर्ता भएका छन्।

उनीहरुसँग नेपाली दलाल जेशन श्रीस ९बाग्लुङ्गरपोखरा० लगायतले जनही ३५ लाख रुपैयाँ नेपालमै लिएको र पछि बीच बीचमा खान र अरु खर्च गरी ५० लाख खर्च भएको बताएका छन् ।

गैरआवासीय नेपाली संघ नाइजेरियाको प्रयास र सहयोगमा उनीहरु मंगलबार काठमाडौ फर्केका हुन ।

उनीहरुको पासपोर्टसमेत दलालले दिएको थिएन । इजिप्टस्थित नेपाली दूतावासले उनीहरुको लागि ट्राभल डकुमेन्ट उपलब्ध गराएको थियो ।

गैरआवासीय नेपाली संघका कोषाध्यक्ष हिक्मत थापाका अनुसार बैंकक हुँदै दलाल मार्फत ३६ नेपाली नाइजेरिया पुगेको र त्यसमध्ये १२ जना लाई अमेरिका लान ब्राजिल उडेका थिए । जसमध्ये १२ जना नेपाल फिर्ता भएका छन् भने १३ जना नाइजेरियामै छन् ।

तर, उनीहरु सम्पर्कमा आउन नचाहेका हुन् या दलालले आउन दिएको छैन भन्ने बारे केही थाहा भएको छैन ।

गत महिनासमेत थापाको संयोजनमा टोगोबाट यही समूहका ५ जनालाई उद्दार गरि नेपाल फर्काइएको थियो ।

थापाले उनिहरुको फिर्ताका लागि पहल गर्ने इजिप्ट स्थित नेपाल दूतावस, एनआरएनए नाइजेरिया परिवार, आइसीसी सदस्य चिरञ्जीवी रोका, एनसीसी नाइजेरियाका कोषाध्यक्ष रोहित भाङ्गर, सदस्य रुद्र दर्लामी मगरलाई विशेष धन्यबाद ब्यक्त गरेका छन् ।

बिबिन्द्र र जगनसमेत गत मे महिनामा मात्र एनआरएनए को सम्पर्कमा आई घर फिर्ता जान अनुरोध गरेका थिए ।

-अनलाइनखबरबाट


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...