तितोपाटी - कुबेतको फर्वानियास्थित आइडियल अडिटोरियम हलमा जातिय संस्था तमु प्येल्हु संघ, कुवेतले आफ्नो महान पर्व तमु ल्होसार तथा बिशेष शुभ कामना आदान प्रदान तथा विविध मनाेरन्जनात्मक सांस्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ। प्ये म्ह्स्याँ छ्या म्ह्मु, छ्या म्ह्स्याँ ल्हु म्ह्मु, ल्हु म्ह्स्याँ म्हि म्ह्मु अर्थात शास्त्र हराए संस्कार…
तितोपाटी - सिड्नीको ओलङ्गनमा सडक दुर्घटनामा परि एक नेपाली बिद्यार्थीको मृत्यु भएको छ । चितवनको भरतपुर घर भएका सुजन दहालले चलाएको कार रोकिराखेको ट्रकमा ठोकिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । एनआरएन अष्ट्रेलियाका प्रवक्ता डिला खरेलका अनुसार ४ वर्षअघि श्रीमतीको साथमा डिपेन्डेन्ट भिषामा अष्ट्रेलिया आएका उनी न्यु साउथ वेल्सकै टारी…
होम कार्की- वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्युदर पछिल्ला दिन भयावह देखिएको छ । अस्वस्थ खानपिन, दुर्घटना र अनुपयुक्त बसाइ मृत्युको प्रमुख कारण मानिएका छन् । पेसागत र पारिवारिक तनावले आत्महत्या दर पनि बढेको छ । एक वर्षयता मात्र ८ सय ७८ जनाको मृत्यु भएको छ । यिनमा ३५ जना महिला छन् । नेपाली दूतावासका अनुसार सबभन्दा बढी…
बसन्त थापा/ कुवेत स्थित क्रियाशिल विभिन्न संघ संस्थाहरुले चर्चित गायक खुमन अधिकारीलाई बिदाई तथा सम्मान गरेका छन। अन्तराष्ट्रिय कलाकार समाज कुवेतको पाँचौ वार्षिक उत्सव तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर कलाकार खुमन अधिकारी कुवेत आएका हुन् सोहि समय परेर गायक अधिकारीलाई कुवेतका विभिन्न नेपाली संस्थाहरुले सम्मान तथा बिदाई गरेका छन।…
बसन्त थापा / अन्तराष्ट्रिय नेपाली कलाकार समाज कुवेतको पाँचौ वार्षिक उत्सव तथा नयाँ वर्षको अवसर पारेर अथिति कलाकार खुमन अधिकारी गत बिहिबारका दिन कुवेत आएका थिए। शुक्रवारका दिन सम्पन्न उक्त कार्यक्रममा गायक अधिकारीले कुवेतवासीलाई छम छमी नचाउन सफल भएका थिए । बिगत लामो समय सम्म देखि कलाकारिता क्षेत्रमा रहदै आएका…
तितोपाटी - कतारको केन्द्रिय कारागारमा लामो समय देखि जेल जीवन बिताउदै आएका ९ नेपाली बन्दीलाई त्यहाँको सरकारले आममाफी दिएको छ। गत डिसेम्बर १८ तारिकका दिन कतारको राष्ट्रिय दिवसको अवसरमा ती बन्दीहरुलाइ चालचलनको आधारमा अपराधको प्रकृति हेरि आममाफी दिइएको दूतावास स्रोतले जानकारी दिएको छ। कतार सरकारले हरेक वर्ष राष्ट्रिय दिवसको अवसरमा कदै भुक्तान…
तितोपाटी - नेपाली प्रवासी ट्याक्सी व्यावसायी संघ कुवेतले अाफ्नो दोश्रो वार्षिक उतसव यहि १८ जनवरी २०१९ को दिन शुक्रबार गर्ने भएको छ । संघका अध्यक्ष सुन बहादुर तामाङले तितोपाटी डट कम लाइ सो कुराको जानकारी गराएका छन् । "नेपालीहरूको सेवामा समर्पित" भन्ने मुल नाराका साथ गत वर्ष गठित कुवेतमा यातायात व्यावसाय…
तितोपाटी - नेपाली राजदूतावास कुवेतले अाज एक विज्ञप्ति जारी गरी कुवेतमा कार्यरत रही विभिन्न किसिमले ज्यान गुमाएका र घाइते भएका नेपालीहरूको क्षतिपुर्ति वापतको रकम नेपाली रूपैया करिब ८ करोड सन्ताउन्न लाख चालिस हजार रूपैयाँ उनीहरूका कानूनी हकदारहरूलाइ उपलब्ध गराएको जनाएको छ । विज्ञप्तिमा जनाइए अनुसार वैदेशिक रोजगारको सिलसिलामा कुवेतमा कायर्रत रहँदा घाइते एवं मृत्यु…
तितोपाटी - कतारमा कार्यरत गुरुङ समुदायले ल्होछार (नयाँ वर्ष) मनाएका छन् । तमु समाजद्वारा समालमा आयोजित ‘फो–ल्होछार तथा स्योकैं’मा गुरुङहरु गाँउघरमा रहेझैं रमाए । यस वर्ष गुरुङहरुले 'खि' कुकुर वर्गलाई बिदाइ गरी फो (मृग वर्ग) को स्वागत गरेका छन् । कतारका लागि नेपाली राजदूत रमेश कोइरालाले प्रवासमा रहेर पनि आफ्ना…
तितोपाटी - किरात याक्थुङ चुम्लुङ, कुवेतले आफ्नो आठौं वार्षिकोत्वस तथा चौथो अधिबेशन फेब्रुवरी ८ २०१९ तारिक शुक्रबारको दिन गर्ने भएको छ । गत जनवरी ४ तारिक फर्वानिया पार्कमा चुम्लुङका अध्यक्ष श्री बल बहादुर काम्बाङको अध्यक्षतामा बसेको मासिक बैठकले लिम्बु जातीहरुको मौलिक परम्परा झल्किने प्रस्तुतीहरु साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरुको साथमा अधिवेशन…
![]()