Saturday 24th October 2026

इटाली जान लागेका ५ नेपाली युवा लिबियामा १ महिनादेखि बन्धक


तितोपाटी – मानव तस्करको सञ्जालमार्फत दुबइ–लिबिया हुँदै इटली जान हिँडेका ५ नेपाली लिबियाको उत्तरपश्चिमी सिमाना मिस्रातामा एक महिनायता ‘बन्धक’ बनेका छन् । लिबियाको सदरमुकाम त्रिपोलीबाट १८७ किलोमिटर दुरीमा रहेको मिस्रातामा रहेको एउटा भित्री वस्तीको घरमा आफूलाई राखिएको भन्दै पोखराका रन्जित केसीले उनका बाबुलाई खबर पठाएका छन्।

‘आँखामा पट्टी बाँधिएको अवस्थामा केटाहरुलाई समातिएको रहेछ,’रन्जितका बाबु गणेशबहादुर केसीले कान्तिपुरसाग भने। पर्वत घर भएका रन्जितसँगै दिरास थापा(म्याग्दी), अमन लोजा(म्याग्दी), ओम गुरुङ र सुरेश केसी ‘बन्धक’ बनेका छन्।

दिरासकी आफन्त सुनिता पुनका अनुसार ४ महिनाअघि काठमाडौंबाट दुबइ हुँदै विदेश हिँड्नेहरु दुबइबाट लिबिया पुग्नासाथै अलपत्र परेका थिए। पीडितका आफन्तका अनुसार, पोखराका जितकाजी गुरुङले जनही झण्डै १५ लाख रुपैयाँका दरमा पैसा अशुलेर विदेश उडाएका थिए। पीडितका परिवारले परराष्ट्रको कन्सुलर महाशाखामा ५ नेपालीको अलपत्र अवस्था र उद्धारका निम्ति गत साता निवेदन दिइसकेका छन्।

लिबियामा अरु नेपाली पनि बिचल्ली अवस्थामा रहेको जानकारी दिँदै पीडितले पठाएको भिडियोमा जीवनरक्षाको अपिल गरिएको छ।

लिबिया मामला हेर्ने इजिप्टको कायरोस्थित नेपाली दुतावासले बन्धक रहेका नेपालीको उद्धारमा चासो नदेखाएको पीडित परिवारले बताएका छन्। पीडितका आफन्तले लिबियाबाट आएको फोनको धम्कीका भरमा थप पैसा पठाएर आफन्तको उद्धार गर्न सकिन्छ कि भनेर पहल थालेका छन्।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) मा समुद्री तेल प्रदूषण फैलिएपछि उम्म अल क्वाइनका सबै समुद्री तट तथा तटीय क्षेत्र अस्थायी रूपमा…

सर्बियाको राजधानी बेलग्रेडमा चुनावअघि विद्यार्थी नेतृत्वको आन्दोलनले ठूलो शक्ति प्रदर्शन गरेको छ। बिहीबार आयोजित र्‍यालीमा करिब १ लाख ५० हजार…

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

प्रतिकृयाहरू
...