Sunday 4th October 2026

झापाली समाज कुवेतद्वारा स्वर्गिय बिष्णु घिमिरेको परिवारलाइ आर्थिक सहयोग प्रदान


प्रसाद तिम्सिना – झापाली समाज कुवेतले स्व. बिष्णु कुमार घिमिरेको परिवारलाई आर्थिक सहयोग गरेको छ । झापा जिल्ला माईधार निवासी करिब १३ वर्ष देखि कुवेतलाई कर्मथलो बनाउदै आएका  घिमिरेको गत १६ नोभेभ्बर २०१८ का दिन हृदयघाटका कारण मृत्यु भएको थियो | स्व. घिमिरे स्थापना काल देखि झापाली समाजमा सक्रिय सदस्य रुपमा आबद्द रहदै आईरहेका थिए | स्वर्गीय घिमिरेको नाबालक छोराको पालन पोषण र शिक्षा आर्जनको लागी झापाली समाज कुवेतले झापाको दमक स्थित सानिमा बैंकमा स्व. घिमिरेका सुपुत्र प्रयास घिमिरेको नाममा खाता खोली रू. १,७०,०००/- अक्षेरूपी एक लाख सत्तरी हजार जम्मा गरि बैंक खाता सँग सम्बन्धित सम्पुर्ण कागजात स्वर्गीय घिमिरेको परिवारलाइ हस्तान्तरण गरिएको कुरा झापाली समाज कुवेतले जनाएको छ ।

झापा जिल्लाको सर्वांगिण विकास र विश्वका हरेक कुनामा छरिएर रहेका झापालीहरूको स्तरोन्नतीको लागि कृयाशिल अन्तर्राष्ट्रिय झापाली समाज मातहत रहेर विगत ५ वर्षदेखि झापाली समाज कुवेतले विभिन्न सामाजिक र मानविय सेवाका कार्यहरू गर्दै अाइरहेको छ भने समाजले अाफ्ना सदस्यहरूको अार्थिक उन्नति तथा सामाजिक सुरक्षाको लागि पनि विशेष ध्यान दिंदै अाएको छ । त्यसको एक ज्वलन्त उदाहरणको रूपमा स्व. बिष्णु घिमिरेको परिवारलाइ  गरेको सहयोगलाइ लिन सकिन्छ ।

वार्षिक छुट्टीमा नेपाल मै रहेका समाजका उपाध्यक्ष रामजी अधिकारी, सल्लाहकार अर्जुन बस्नेत , सल्लाहकार शिब लिम्बु र सल्लाहकार श्याम ढकाल लगायतको रोहोवारमा खोलिएको बैक खाताको सम्पूर्ण कागजपत्र हिँजो २३ जनावरी २०१९ बुधबारका दिन स्व. घिमिरेकै निवासमा स्व. घिमिरेको श्रीमती कै हातमा वडा अध्यक्ष कर्ण बहादुर थापाको उपस्तिथिमा हस्तान्तरण गरिएको कुरा झापाली समाज कुवेतले जानकारी दिएको छ । स्वर्गीय बिष्णु घिमिरेको परिवारमा अामा, श्रीमती र एक छोरा रहेका छन् ।

 


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...