तीतोपाटी- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जनसंघर्षका कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्न जनसंघर्ष परिचालन समिति गठन गरेको छ । वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा गठित सो समितिको सल्लाहकारमा पार्टी अध्यक्ष कमल थापा तथा वरिष्ठ नेताहरु दिपक बोहोरा र बालाराम घर्तीमगर तथा सदस्य सचिवमा महामन्त्री भास्कर भद्रा छन् । समितिको सदस्यहरुमा…
तिताेपाटी – वैदेशिक रोजगारीमा गएकाहरुको गुनासो र समस्या सुन्न तथा समाधान गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आउँदो सोमबारदेखि कल सेन्टर सुरु गर्ने भएको छ । वैदेशिक रोजगार बोर्डको व्यवस्थापनामा सुरु हुन लागेको कल सेन्टरमार्फत स्वदेश तथा विदेशमा रहेका नेपालीले वैदेशिक रोजगार विभाग, प्रधानमन्त्री रोजगार कार्यक्रम, योगदानमा आधारित सामाजिक…
तिताेपाटी – एसईई अन्तर्गत शुक्रबार हुने समाजिक विषयको परीक्षा स्थगित भएको विरोधमा परीक्षार्थीहरुले जनकपुरमा प्रदर्शन गरेका छन् । प्रश्नपत्र परीक्षा पूर्व नै आउट भएपछि पूर्व निर्धारित शुक्रबार हुने अनिवार्य समाजिक विषयको रेगुलरतर्फको परीक्षा परीक्षा बोर्डले स्थगित गरेको छ । नियोजित रुपमा प्रश्नपत्र आउट गरेर परीक्षा स्थगित एवं रद्द गरी परीक्षार्थीलाई…
तीतोपाटी- अर्घाखाँचीको मालारानी गाउँपालिका–२ का वडाअध्यक्ष विष्णुप्रसाद भुसाल (विनोद) बेपत्ता भएको झण्डै १ सय दिनपछि सम्पर्कमा आएका छन् । शुक्रबार बिहान बुटबलबाट फोन गरेर आफू सकुशल रहेको जनाएको मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले जानकारी दिए । पुस २ गते मालारानी– २ डाडाकटेरीस्थित घरबाट वडा कार्यालयको मोटरसाइकल सर्भिसिङ गर्न भन्दै सन्धिखर्क गएका…
तीतोपाटी- डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच एकताको प्रयत्न घनीभूत भएको छ । फोरम नेपालले राजपा नेपालसँग एकता गर्ने प्रकृया शुरु गरेपनि एकपटक पनि औपचारिक वार्ता भएको छैन । तर नयाँ शक्तिसँग भने औपचारिक वार्ता शुरु भइसकेको छ । एकताकै विषयमा…
तीतोपाटी- प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका भारतका विदेश सचिव विजय गोख्लेले उहाँको सरकारी निवास बालुवाटारमा आज अपराह्न शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा उहाँहरूबीच नेपाल–भारत सम्बन्धका साथै द्विपक्षीय व्यापारबारे विचारविमर्श भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले बताउनुभयो ।यसैबीच, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग पनि सचिव गोख्लेले शिष्टाचार…
तीतोपाटी- सरकारले जमिन बाँझो राख्न नपाउने गरी तयार राष्ट्रिय भूमि नीति २०७५ पनि स्वीकृत गरेको छ । खेतीयोग्य जमिनलाई खेर जान नदिने उद्देश्यले राष्ट्रिय भूमि नीति ल्याइएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिए । यस नीतिलाई केही दिन अघि बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको हो । ‘सरकारी वा सार्वजनिक…
तीतोपाटी-काठमाडौंमा एकै रातमा १८ टन धुलो संकलन भएको छ । काठमाडौं महानगरपालिकाका पाँच वटा ब्रुमरले बुधबार राति १३ स्थानमा धुलो सफा गरेका थिए । सुन्धारा, टुँडिखेल, रत्नपार्क, कान्तिपथ, जमल, प्रदर्शनीमार्ग, पुतलीसडक, माइतीघर, बानेश्वर, त्रिपुरेश्वर, टेकु, कालिमाटी, सोल्टिमोडसम्म सफा गर्दा १८ टन धुलो जम्मा भएको महानगरपालिका कार्य सञ्चालन शाखाले जनाएको छ…
तीतोपाटी-कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न भएको आशंकामा प्रहरीले ज-जसलाई समायो, सबै डीएनए नमिलेपछि छुटे । अनुसन्धानका क्रममा पक्राउ परेका दिलिप सिंह विष्टदेखि प्रदीप रावलसम्मले प्रहरीको दबाव वा स्वस्फर्त रुपमा अभियोग स्वीकार गरे । तर, उनीहरुको डीएनए म्याच भएन । कुनै पनि घटनामा डीएनएन नै सबै प्रमाण…
तीतोपाटी-नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन्। पत्नी सीता दाहालको उपचारका लागि १० दिनअघि अमेरिका पुगेका दाहाल बिहीबार बेलुका स्वेदश फर्किएका हुन्। स्वदेश फर्किएलगत्तै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले सीताको स्वास्थ्यमा निकै सुधार आएको बताए। ‘म जाने बेला पनि मूख्यतः उपचारको निम्ति जाँदैछु…
![]()