तिताेपाटी — श्रम मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण प्रदेश तहबाट समेत गर्न पाउने गरी थप स्वास्थ्य संस्था सूचीकरण गर्ने भएको छ । अब कामदारले सरकारी अस्पतालबाट पनि स्वास्थ्य परीक्षण गराउन पाउनेछन् । मन्त्रालयले काठमाडौंमा केन्द्रित स्वास्थ्य परीक्षणलाई प्रदेश तहमा लैजान लागेको हो । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने ३७ सहित…
तिताेपाटी – सप्तरीमा जारी एसईई परीक्षाको एक दिन अगावै प्रश्न पत्र आउट भएको छ । एसईई परीक्षामा सामेल भएका विद्यालयका प्रमुखहरुले एक दिन अगावै एसईई परीक्षाको प्रश्न पत्र सामाजिक संजाल मार्फत एक–अर्कालाई आदान प्रदान गरेको तथ्य फेला परेको छ । यस वर्षको एसईई परीक्षा अन्तर्गत विहीबार विज्ञान विषयको परीक्षा भैरहेको…
तीतोपाटी-माध्यमिक तहको विद्यालयमा प्रधानाध्यापक हुन कम्तीमा एमफिल उतीर्ण गरेको हुनुपर्ने प्रस्ताव गरिएको छ । यसैगरी आधारभूत तहको विद्यालयको प्रधानाध्यापक हुन स्नातकोत्तर गरेको हुनुपर्नेछ । हाल कक्षा १ देखि ८ सम्मलाई आधारभूत तह र कक्षा ९ देखि १२ सम्मलाई माध्यमिक तह मानिन्छ । यसअघि कक्षा १–५ सम्मलाई प्राथमिक तह, कक्षा ६–८…
तीतोपाटी- चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत दाहाखानी–६ रिद्धि खोला नजिकै नौ किलो भन्ने स्थानबाट मंगलबार राती यात्रुबाहक बस त्रिशुली नदी खस्दा एक जनाको मृत्यु भएको छ भने ९ जना घाईते भएका छन् । राती करिव साँढे ८ बजेको समयमा काठमाण्डौंबाट भैरहवा तर्फ जान आउँदै गरेको लु १ ख ७३९१ नम्बरको…
तीतोपाटी सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–४ स्थित शिवश्री जलविद्युत् आयोजना नजिकैको खाजाघरमा ग्यास सिलिण्डर पड्किँदा आज चार मजदुरको मृत्यु भएको छ । खाजा बनाउँदै गर्दा एक्कासि सिलिण्डर पड्किँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको नाम खुल्न सकेको छैन । अहिले इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षक यादव थापा…
तितोपाटी – नेपाल सरकार र जापान सरकारबीच नेपाली श्रमिक जापान पठाउने विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । सोमबार ललितपुरमा आयोजित कार्यक्रममा समझदारीपत्रमा नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मान्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरे र जापानका तर्फबाट नेपालका लागि जापानका राजदूत समामिची साइगोले हस्ताक्षर गरेका हुन् । समझदारी पत्रमा…
तितोपाटी - नेपाल पाँचौ साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। बुधबार विराटनगरस्थित शहिद रंगशालामा भएको पहिलाे सेमिफाइनलमा श्रीलंकालाई ४–० काे फराकिलो अन्तरले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो। नेपालकाे जितमा पुनम जर्घामगर, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले समान एक गोल गरे। पहिलो हाफको अन्त्यतिर पुनम जर्घामगरको गोलमा…
तितोपाटी - नाबालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका रुकुम (पूर्व)का एक व्यक्तिलाई जन्मकैदको सजाय भएको छ। जिल्लाको सिस्ने गाउँपालिका–५ की साढे ३ वर्षीया बालिकालाई बलात्कार गर्ने सोही ठाउँका ३१ वर्षीय मदन भनिने भरत गौतमलाई जिल्ला अदालतले जन्मकैदको फैसला गरेको हो। मंगलबार जिल्ला न्यायाधीश दुर्गबहादुर भुसालको इजलासले गौतमलाई जन्मकैदको फैसला गरेको जिल्ला…
तितोपाटी - पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ गौमती पुलनजिक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। हेटौंडाबाट काठमाडौंतर्फ जादै गरेको ना ६ ख ४११४ नं.को ट्रकले विपरित दिशाबाट आउँदै गरेको ग १३ प ८०८५ नं.को मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा घाइते…
तितोपाटी - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई पक्राउ गर्न माग गर्दै अमेरिकामा उजुरी परेको छ। श्रीमती सीता दाहालको उपचारका क्रममा अमेरिकामा रहेका दाहालविरुद्ध डा. तिलक श्रेष्ठले उजुरी दिएका हुन्। श्रेष्ठले बाल्टिमोरस्थित अनुसन्धान ब्युरोलाई सम्बोधन गर्दै आइतबार उजुरी दिएका हुन्। उजुरीमा एकजना चर्चित आतंककारी भन्दै दाहाल अमेरिका भ्रमणमा…
![]()