Thursday 1st October 2026

सहिद गंगालाल हृदयरोग केन्द्रमा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु


तितोपाटी – बाँसबारीस्थित शहिद गंगालाल हृदयरोग केन्द्रमा डाक्टरको लापवाहीले ५ वर्षीया बालिकाको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । मुटुको शल्यक्रिया गर्दा डाक्टरले गलत समूहको रगत चढाएपछि मृत्यू भएको उनीहरुको दाबी छ । सर्लाही सिसौरिया घर भएकी आकृतिकुमारी शाहलाई २ महिनादेखि मुटुको समस्या उत्पन्न भएको थियो । डाक्टरले मुटुको भल्वमा प्वाल परेको बताएर शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका थिए । बैशाख १७ गते आकृतिको शल्यक्रिया गरिएको थियो ।

‘सबै मेडिकल रिपोर्टहरुमा उनको ब्लड ग्रुप ओ पोजिटिभ लेखिएको थियो । तर, अपरेसनका क्रममा बाहिर आएर डाक्टरले ए पोजिटिभ रगत चाहियो भनेपछि विरामीका आफन्तले ए पोजिटिभ रगतको ब्यवस्था गरेको र गलत रगत चढाएको कारण अप्रेशनको समयमै बालिकाको मृत्यु भएको आशंका गरेका छन् ।

मृतक बालिकाका काका सुरेन्द्र शाहका अनुसार १७ गते अप्रेशन भएको बिरामीलाइ १९ गते मात्र भेट्न दिइएको, त्यतिखेर भेन्टिलेटरमा राखेर मरि सकेको बच्चालाइ केहि समयमा होसमा आउँछ भनि सम्पुर्ण मेडिकल रिपोर्ट परिवर्तन गरिएको परिवारजनले अारोप लगाएका छन् । ‘अपरेसन अगाडि आफुले सबै मेडिकल रिपोर्ट फोटोकपि गरेर राखेकोमा अहिले उनीहरुले देखाएको रिपोर्टसित अस्पतालको रिपोर्ट नमिलेकोले अस्पतालले डाक्टरहरूको गल्ती ढाकछोप गर्न नक्कली रिपोर्ट बनाएको परिवारजनको आरोप छ ।

मृतकका काका साहका अनुसार अस्पतालका निर्देशक ज्योतिन्द्र शर्मा नेतृत्वको टोलीले शल्यक्रिया गरेको र मृतकका परिवारले उक्त कुरा उठाए पछि शर्माले घटनाको छानविन गरेर तीन दिनभित्रमा सत्य तथ्य सार्वजनिक गर्ने बताएको बुझिएको छ भने पीडितहरूले जबसम्म गल्ती गर्ने डाक्टरलाई कारवाही हुँदैन, तबसम्म हामी शव नबुझ्ने तथा प्रहरीमा उजुरी गर्ने बताएका छन् ।

बालिकाको परिवारको आर्थिक स्थिति कमजोर छ । साहका अनुसार बालिकाका बाबु तीन महिना अगाडि वैदेशिक रोजगारीमा गएका थिए । तर, छोरी बिरामी भएपछि फर्केका थिए ।


सम्बन्धित शीर्षकहरु

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको एफजेड १०७३ उडान बुधबार साउदी अरबमा आपत्कालीन रूपमा अवतरण गरिएको छ। उडानका क्रममा…

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

प्रतिकृयाहरू
...