Saturday 3rd October 2026

नयाँ शक्ति र संघीय समाजवादी फोरम बिच एकिकरण गर्ने सहमति


तितोपाटी – डा. बाबुराम भट्टराइको नेतृत्वमा रहेको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादवको नेतृत्वमा रहेको संघीय समाजवादी फोरम बिच पार्टी एकिकरण गरी समाजवादी पार्टी नेपाल राख्ने एेतिहासिक सहमति भएको छ । दुबै नेताहरूद्वारा हस्ताक्षर गरि प्रेश विज्ञप्ति मार्फत सो कुराको जानकारि गराइएको हो ।

२ पार्टी बिच एकिकरण गर्नको लागि विगत केहि समयदेखि दुइ पार्टीका नेताहरू बिच छलफल र विचार बिमर्श हुँदै अाएको थियो । विज्ञप्तिमा जनाइए अनुसार अागामी बैशाख २३ गते नेपाल प्रज्ञा पतिष्ठानमा एकिकरणको घोषणा गर्न दुबै पार्टी सहमत छाैं भनिएको छ भने समाजवादी पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्रलाइ संस्थागत गर्दै नेपाली समाजमा विद्यमान जातीय, वर्गीय, लैंगिक र क्षेत्रीय असमानता, विभेद र शोषणको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिको लागि महत्वपुर्ण भूमिका निर्वाह गर्ने जनाएको छ ।

पार्टी एकिकरणको लागि भएको एतिहासिक सहमतिको विज्ञप्ति जस्ताको तस्तैः

 


सम्बन्धित शीर्षकहरु

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

यमनमा बढ्दो द्वन्द्व र विस्थापनका कारण भोकमरी संकट गहिरिएको छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (WFP) का अनुसार सरकारको नियन्त्रणमा…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा (लुला) चौथो कार्यकालका लागि फेरि राष्ट्रपतिको चुनावमा प्रतिस्पर्धा गर्दै छन्। ८० वर्ष…

प्रतिकृयाहरू
...