Saturday 10th October 2026

भाउजुसँगको अनैतिक सम्बन्ध ढाकछोप गर्न श्रीमतीलाइ पेट्रोल छर्की आगो लगाएर हत्या गर्ने पक्राउ


तितोपाटी – धनुषामा एक जना युवकले भाउजुसँगको अनैतिक याैनसम्बन्ध ढाकछोप गर्न आफ्नै श्रीमतीलाइ पेट्रोल छर्की आगो लगाएर हत्या गरेको खुलेको छ । आफ्नै श्रीमतीलाई आगो लगाई हत्या गरेको आरोपमा प्रहरीले शहिदनगर नगरपालिका–१ चिरैया टोलका २४ वर्षीय मुकेश गोइतलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले गोइत सहित उनकी भाउजूलाई पनि नियन्त्रणमा लिएको छ । गोइतलाई हत्या गराउन उक्साएको आरोपमा उनकी भाउजू श्यामा देवीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिप्रका धनुषामा पेट्रोल छर्की आज बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी प्रहरी उपरीक्षक शेखर खनालले दुवै जनालाई सार्वजनिक गरेका हुन् ।

गोइतले गत वैशाख ५ गते उनकी श्रीमती निर्मला यादवको जिउमा पेट्रोल छर्केर आगो लगाएका थिए । मुकेश र निर्मलाको बिहे १० महिनाअघि मात्र भएको थियो । निर्मलाको उपचारका क्रममा काठमाडौंस्थित किर्तिपुर अस्पतालमा उपचारका क्रममा बैशाख १६ गते मृत्यु भएको थियो ।

प्रहरी उपरीक्षक खनालका अनुसार मुकेश र उनकी भाउजू श्यामाबीच प्रेम सम्बन्ध थियो । उनीहरुबीचको प्रेम सम्बन्धबारे निर्मलाले थाहा पाएपछि मुकेशसँग झगडा हुने गर्थ्यो । भाउजूसँगको प्रेम सम्बन्धको विषयलाई लिएर मुकेशले आफ्नी श्रीमती निर्मलाको जिउमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । मुकेशले श्रीमतीको जिउमा आगो लगाउन प्रयोग गरिएको पेट्रोल पनि भाउजू श्यामाकै पसलबाट ल्याएको प्रहरीले जनाएको छ ।

एसपी खनालले भने,‘मुकेशले आफ्नी श्रीमतीको लुगामात्र जलाउन खोजेको थियो तर उनको भाउजूले लुगामात्र किन, मान्छे नै जलाई देऊ भनेर उक्साएको देखिन्छ ।’

उक्त घटनापछि फरार रहेका मुकेशलाई बुधवार कञ्चनपुर जिल्लाको गड्डाचौकी नजिकबाट पक्राउ गरिएको थियो । मुकेशको बयानको आधारमा उनकी भाउजू श्यामालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाइएको एसपी खनालले जानकारी दिए ।

 


सम्बन्धित शीर्षकहरु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरिएको ठगी प्रकरणमा पक्राउ…

रुसले युक्रेनको दक्षिणपूर्वी शहर जापोरिज्झियामा गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। मृतकमध्ये तीन जना बालबालिका रहेको स्थानीय…

न्यायको सर्वोच्च आसनमा बस्ने व्यक्ति नै जनविश्वासको कठघरामा उभिनुपर्ने अवस्था लोकतन्त्रकै दुर्भाग्य हो। चोलेन्द्रशमशेर जबराको कार्यकाललाई सम्झिँदा उठ्ने प्रश्न यही…

प्रतिकृयाहरू
...