Tuesday 14th July 2026

ऐतिहासिक, धाृर्मिक र पर्यटकिय महत्व बोकेको सिन्धुली जिल्लाः एक परिचय


राजन श्रेष्ठ – ऐतिहासिक, धाृर्मिक र पर्यटकिय महत्व बोकेको सिन्धुली जिल्ला प्रदेश ३ अन्तर्गत जनकपुर अञ्चलको सबै भन्दा ठुलाे र प्रदेश ३ को दोश्रो ठुलो जिल्ला हो । भाैगोलिक दृष्टिले यस जिल्लाकाे क्षेत्रफल २४९१ वर्ग किलोमिटर रहेको छ भने यो जिल्ला भित्रीमधेशमा पर्दछ । २ वटा नगरपालिका र ७ वटा गाउँपालिका रहेको यस जिल्लालाइ २ वाटा निर्वाचन क्षेत्रमा विभाजित गरिएको छ भने विश्व मानचित्रमा २६ डिग्री ५५ मिनेट उत्तरी अक्षांश देखि २७ डिग्री २२ मिनेट उत्तरी अक्षांश र ८५ डिग्री १५ मिनेट पूर्वी देशान्तर देखि ८६ डिग्री २५ मिनेट पूर्वी देशान्तर सम्म फैलिएको छ ।

सिन्धुली जिल्ला समुन्द्री सतहबाट १६८ मिटर देखि २७९७ मिटरको उचाई सम्म फैलिएको छ । सिन्धुली जिल्लामा ३०० मिटर भन्दा होचो भू–भाग १३.७ प्रतिशत रहेको छ । जसलाई मधेश पनि भन्दछौँ । यो भू–भाग हाम्रो देशको अन्न भण्डारको रुपमा प्रसिद्ध छ । त्यसैगरी समुन्द्र सतहबाट ३०० मिटर देखि २००० मिटर सम्मको भू–भाग सिन्धुली जिल्लामा ८५.८७ प्रतिशत रहेको छ । जुन क्षेत्रफल फलफुल तथा पशुपालनको लागि उपयुक्त रहेको छ । त्यसैगरी समुन्द्र सतहबाट २००० मिटर माथि उचाईमा सिन्धुली जिल्लाको भू–भाग ०.५ प्रतिशत मात्र रहेको छ । जसलाई महाभारतीय शृङ्खला पनि भनिन्छ ।

किंवदन्ती अनुसार भारतको उज्जैनबाट उत्तराखण्डको हिमाली क्षेत्रमा तपस्या गर्न आएका ‘सिन्धुल’ नामका राजाले तपस्या गरी सिद्धि प्राप्त गरेको ठाँउ भएकोले उनैको नाममा सिन्धुली नामकरण गरिएको र यसै ठाँउका आधारमा जिल्लाको नामकरण गरिएको मान्न सकिन्छ । सिन्धुलीगढीमा स्थापित सिद्धेश्वर देवालय सिन्धुलले स्थापना गरेको मानिन्छ । संस्कृत भाषामा सुरुङमार्गलाई ‘सिन्दुर’ भनिने र सिन्धुली माँडी(फाँट) बाट गढीतर्फ जान सुरुङ बनेकोले त्यसलाई ‘सिन्धुरी’ भनिएको र पछि यो शब्द अपभ्रंश भएर ‘सिन्धुली’ बनेको मानिन्छ ।

पुर्वमा उदयपुर र सिराहा, दक्षिणमा धनुषा, महोत्तरी, सर्लाही र राैतहट, पश्चिममा मकवानपुर र काभ्रेपलाञ्चोक र उत्तरमा रामेछाप र ओखलढुङ्गा सँग जोडिएको सिन्धुली जिल्लाको जनसंख्या २,९६,१९१ (पुरूषः १,४२,१२३ र महिलाः १?५४,०६१) रहेको छ ।

दुधौली, भिमान, सिन्धुलीमाढी, खुर्कोट, झाँगााझोली, कपिलाकोट र चकमके जस्ता वाणिज्य तथा व्यापारिक केन्द् भएको यस जिल्लामा सबैको जनजिब्रोमा रहेको सिन्धुली गढी गित र भारतलाइ अाफ्नो कब्जामा पारेपछि नेपाल अाक्रमण गर्न अाएको अंग्रेजी फाैजलाइ गोर्खाली सेनाले गोरखाली फौजले सिस्नो र अरिङ्गालको गोलोले हानेर आक्रमण गरी कप्तान किन्लकको अंग्रेजी फाैजलाइ परास्त गरेको एेतिहासिक महत्व बोकेको सिन्धुली गढी र  सिन्धुली जिल्लाकै अग्लो पर्यटकिय स्थल ‘फिक्कल डाँडा ’एवं  मरिण, सुनकोशी, कमला, चँदाहा, रोशी, बागमती, तावा, वाक्सु, वदाह, अरुण ठाकुर, ककुर ठाकुर लगायतका नदिहरू, प ञ्चकन्या पोखरी तथा  कुशेश्वर महादेव, सिद्धस्थान, माईस्थान, कालिकामाई मन्दिर, मधुगङ्गा, सर्पे ढुङ्गा,  हरिहरपुर गढी प्राकृतिक, एेतिहासिक, धार्मिक,सांस्कृतिक र पर्यटकीय महत्व बोकेका स्थान, देव देवालय तथा नदि नालाहरू सिन्धुलीको विकास र समृद्धिको लागि मनग्गे अाम्दानीको श्रोत बन्न सक्दछन् ।

कृषि, फलफुल तथा पशुपालनको लागि अत्यन्त उपयुक्त मानिएको यो जिल्ला उपत्यका नजिकैको जिल्ला भएर पनि ओझेलमा परेको थियो भने हाल बनेपा-सिन्धुली-वर्दिवास सडक  खुलेपछि भने यस क्षेत्रको मुहार नै बेग्लै भएको छ । अब यस क्षेत्रका जन-प्रतिनीधिहरू, राजनीतिकर्मी, समाजसेवी, स्वदेश तथा विदेशमा बस्ने लगायत सबैले यस क्षेत्रको विकासको लागि अा-अाफ्नो स्थानबाट लागि पर्ने हो भने मुलुककै एक उत्कृष्ट र नमुना जिल्ला बन्ने निश्चित छ ।

श्रोतः विभिन्न सामाजिक पोर्टल


सम्बन्धित शीर्षकहरु

इरानको सैन्य कमान्ड खातम अल–अन्बिया केन्द्रीय मुख्यालय (Khatam al-Anbiya Central Headquarters) का प्रवक्ताले सोमबार (१३ जुलाई) जारी गरेको विज्ञप्तिमा अमेरिकाले…

अमेरिकामा बस्दै आएका इरानी मूलका एक इन्जिनियरलाई अमेरिकी सरकारले नियन्त्रणमा राखेका प्रविधि इरानमा निर्यात गरेको अभियोगमा दोषी ठहर गरिएको छ।…

बैंगन (भण्टा) एक पौष्टिक र स्वास्थ्यका लागि लाभदायक तरकारी हो। यसमा फाइबर, भिटामिन, खनिज तथा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइने भएकाले…

प्रतिकृयाहरू
...