Monday 3rd August 2026

नेपाल भारत सीमा नाका ३ दिन बन्द गरिने


तितोपाटी- कपिलवस्तुस्थित नेपाल भारत सीमा नाका बन्द हुने भएको छ । भारतमा हुने लोकसभा चुनावका कारण शुक्रबार बिहान ७ बजेदेखि आइतबार साँझ ५ बजेसम्म सीमा नाका बन्द हुने भएको हो ।भारतको उत्तर प्रदेश राज्य सिद्धार्थनगर जिल्लामा हुने निर्वाचन सुरक्षालाई ध्यानमा राखी दुई देशका अधिकारीबीच भएको सहमतिअनुसार नाका बन्द गर्न लागिएको कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले जानकारी दिए ।

नाका बन्द हुँदा बिरामी बोकेका एम्बुलेन्स र अत्यावश्यक काममा दुवै देशका सुरक्षाकर्मीको समन्वय गरी आवतजावत गर्नेबाहेक अन्य ओसारपसार तथा आवतजावत बन्द गरिनेछ ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय कपिलवस्तुका सशस्त्र प्रहरी उपरीक्षक दीपक अधिकारीका अनुसार नाकामा हुने कुनै पनि अवैध गतिविधि हुन नदिन नेपाल भारतका सुरक्षा अवस्था कडा पारिने छ ।


सम्बन्धित शीर्षकहरु

कुवेतले आज, आइतबार, सन् १९९० अगस्ट २ मा भएको इराकी आक्रमणको ३६औँ वार्षिकोत्सव मनाएको छ। कुवेतको इतिहासमा यो दिनलाई राष्ट्रिय…

कुवेत सरकारले विदेशीहरूको बसोबाससम्बन्धी नियममा संशोधन गर्दै भिजिट (Visit) भिसालाई नियमित रेसिडेन्सी (Iqama) मा रूपान्तरण गर्न १५० कुवेती दिनार (KD…

युरोपको सीमामा पछिल्ला दिनहरूमा देखिएको ठूलो दबाब केवल युक्रेन वा रुसका कारण होइन, अफ्रिकाबाट आउने आप्रवासनले पनि नयाँ चुनौती थपेको…

प्रतिकृयाहरू
...