Wednesday 19th August 2026

पुर्वप्रधानमन्त्री प्रचण्ड दम्पतिले विवाहको ५० औं वर्षगाँठ मनाए


तितोपाटी – पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालले सहकार्यको ५० औं वर्षगाँठ मनाएका छन् । २०७४ साल मंसिरमा छोरा प्रकाशको निधनपछि विक्षिप्त बनेकी पत्नी सीताको मुहारमा खुसी ल्याउन प्रचण्डले सहकार्यको ५० औं वर्षगाँठ मनाएका हुन् । खुमलाटारस्थित प्रचण्ड निवासमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनका साथै मन्त्रीहरु, सांसद, नेकपाका नेतालगायतको बाक्लो उपस्थिति थियो ।

सहकार्यको ५० औं वर्ष नाम दिइएको कार्यक्रममा प्रचण्ड र सीता दुलाह दुहली झैं सजिएका थिए । तर, शारीरिक रुपमा सीता निकै अशक्त देखिएकी थिइन् । ललितपुरको सुनाकोठीमा विहीबार अपरान्ह प्रचण्ड र सीता दाहाल बेहुला-बेहुलीजस्तै बनेर सोफामा बसेका थिए । छेउमा साडीमा सजिएर दुई छोरीहरु बसेका थिए । सीता र प्रचण्डले जग्गेमा बेहुला-बेहुलीले जस्तै एक अर्कालाई माला लगाइदिएका थिए ।

छेउमा समारोहमा रातो लुगामा सजिएका महिलाले नरसिंगा, दमाहा लगायतका पञ्चेबाजा धन्काएका थिए भने सहभागीहरुलाई केक काटेर खुवाइएको थियो । सामान्य खानपिनको व्यवस्था पनि थियो ।


सम्बन्धित शीर्षकहरु

कालिकोटको ४२० मेगावाट क्षमताको तिला–२ जलविद्युत् आयोजनाको वित्तीय क्लोजर सम्पन्न भएको छ। आयोजनामा करिब ७० अर्ब रुपैयाँ लगानी हुनेछ, जसको…

देशका विभिन्न स्थानमा वर्षासँगै आएको बाढी र पहिरोका कारण सडक यातायात प्रभावित भएको छ। काभ्रे, सिन्धुपाल्चोक, रसुवा, पश्चिम रुकुम, संखुवासभा,…

कुवेत सिटी: कुवेतका दुई प्रतिष्ठित संस्थाहरू मुजैनी एक्सचेन्ज (Al Muzaini Exchange) र कुवेत एयरवेजबीच संयुक्त सहकार्य प्रोटोकल (Memorandum of Understanding)…

प्रतिकृयाहरू
...