तितोपाटी - नेपाल पाँचौ साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। बुधबार विराटनगरस्थित शहिद रंगशालामा भएको पहिलाे सेमिफाइनलमा श्रीलंकालाई ४–० काे फराकिलो अन्तरले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो। नेपालकाे जितमा पुनम जर्घामगर, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले समान एक गोल गरे। पहिलो हाफको अन्त्यतिर पुनम जर्घामगरको गोलमा…
तितोपाटी - नाबालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका रुकुम (पूर्व)का एक व्यक्तिलाई जन्मकैदको सजाय भएको छ। जिल्लाको सिस्ने गाउँपालिका–५ की साढे ३ वर्षीया बालिकालाई बलात्कार गर्ने सोही ठाउँका ३१ वर्षीय मदन भनिने भरत गौतमलाई जिल्ला अदालतले जन्मकैदको फैसला गरेको हो। मंगलबार जिल्ला न्यायाधीश दुर्गबहादुर भुसालको इजलासले गौतमलाई जन्मकैदको फैसला गरेको जिल्ला…
तितोपाटी - पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ गौमती पुलनजिक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। हेटौंडाबाट काठमाडौंतर्फ जादै गरेको ना ६ ख ४११४ नं.को ट्रकले विपरित दिशाबाट आउँदै गरेको ग १३ प ८०८५ नं.को मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा घाइते…
तितोपाटी - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई पक्राउ गर्न माग गर्दै अमेरिकामा उजुरी परेको छ। श्रीमती सीता दाहालको उपचारका क्रममा अमेरिकामा रहेका दाहालविरुद्ध डा. तिलक श्रेष्ठले उजुरी दिएका हुन्। श्रेष्ठले बाल्टिमोरस्थित अनुसन्धान ब्युरोलाई सम्बोधन गर्दै आइतबार उजुरी दिएका हुन्। उजुरीमा एकजना चर्चित आतंककारी भन्दै दाहाल अमेरिका भ्रमणमा…
तितोपाटी - सुनसरीको चतरादेखि भोजपुरको सिम्लेसम्म पानीजहाज चलेको एक वर्ष भएको छ। पानीजहाज सञ्चालनसम्बन्धी कानुन नहुँदा यसको सञ्चालनमा समस्या भएको यस क्षेत्रका व्यवसायीले गुनासो गरेका छन्। सरकारले कानुन नबनाएका कारण आफूहरूले गरेको करोडौं लगानी डुब्ने खतरा बढेको उनीहरुको गुनासो छ। कानुन र नियमनकारी निकाय नहुँदा व्यवसाय नै समस्यामा परेको भन्दै उनीहरूले…
तिताेपाटी - सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विगतको दस वर्षे सशस्त्र द्वन्द्वकै झल्को दिने गरी गाउँगाउँमा ‘समानान्तर सरकार’का रुपमा ‘जनसरका’ बनाउन थालेको छ । ‘जनकारबाही’ लाई पनि ब्युँताएको भन्दै विप्लव समूहले ‘जनसत्ता’ भन्दै गठन गरेका जनसरकारलाई राज्यसत्तालाई निगरानीको बलियो शत्तिलको रुपमा प्रयोग गरिरहेको जनाएको छ ।…
तिताेपाटी - अपराधिक क्रियाकलापपछि सरकारले प्रतिबन्ध लगाएसँगै अन्य दलका नेता, जनप्रतिनिधि र सुरक्षार्कीलाई गाउँमा प्रतिबन्ध लगाउँदै ‘लाठी लिएर लघार्ने’ उद्घोष विप्लव समूहले गरेको छ । विप्लव समूहका सबै नेता कार्यकर्ता भूमिगत भएका छन् । ‘हामीलाई सरकारले राजनीतिक प्रतिवन्ध लगाउने निर्णय गरेकाले हामीले पनि दलका नेताहरुलाई प्रतिबन्ध लगाउँछौं’ विप्लव समूहका नेता…
तिताेपाटी – नेपाल पत्रकार महासङ्घले यही चैत १६ गते ६४ औँ स्थापना दिवस विविध मौलिक तथा रचनात्मक कार्यक्रम गरी मनाउन देशभित्र र बाहिरका सबै प्रदेश, शाखा र एसोसिएट समितिलाई निर्देश गरेको छ । यो अवसरमा महासङ्घका पूर्व पदाधिकारी सम्मान, शाखा सम्मान, जोखिम, सङ्कट तथा कठिन अवस्थाको रिपोर्टिङ अनुभवको प्रस्तुतीकरण प्रतियोगिता,…
तिताेपाटी – सोमबार बेलुका एक घण्टाको फरकमा बैतडी र दार्चुलामा लगातार दुई पटक भूकम्पको धक्का महसुस गरिएको छ । बेलुका करिब ६ बजेर २८ मिनेटमा ३ दशमलब ८ रेक्टर स्केल र ७ बजेर ४२ मिनेटमा ३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । दुवै भूकम्पको केन्द्रबिन्दु…
तिताेपाटी – महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अवैधरूपमा सुन विदेश लैजाने क्रममा चारजनालाई पक्राउ गरेको छ । कार्यालयले विदेश लैजानका लागि अन्तर्राष्ट्रिय उडानतर्फको पार्किङ क्षेत्रबाट चितवनका सुनिल राउत, बाराका सन्दीप पटेल, मकवानपुरका अर्पण केसी र खोटाङका मनोज राईलाई सोमबार साँझ पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेकामध्ये राउत र…
![]()