Saturday 10th October 2026

ललितपुरको भैंसेपाटीमा रहेको केमिकल फ्याक्ट्रीमा भीषण आगलागी


तितोपाटी – ललितपुर महानगरपालिका वडा नम्बर २५ स्थित भैंसेपाटीमा रहेको सोडियम हाइड्रो सल्फेट केमिकल फ्याक्ट्रीमा भीषण आगलागी भएको छ । किरण प्रकाश श्रेष्ठले सञ्चालन गरेको सो फ्याक्ट्रीमा आज (बिहीबार) बिहान आगलागी भएको हो ।

बिहान साढे ३ बजेबाट लागेको आगो केमिकल फ्याक्ट्री भएका कारण अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जानकारी दिएको छ ।नियन्त्रणका लागि चार दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय बासिन्दा प्रयासरत छन् ।

आगलागीबाट ठुलो धनमालको क्षति भएपनि मानविय क्षति नभएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप जानकारी आउन बाँकी छ ।


सम्बन्धित शीर्षकहरु

संखुवासभा समाज कुवेतले यस वर्षको दशैं–तिहार तथा वार्षिकोत्सव कार्यक्रम नगर्ने निर्णय गर्दै त्यसका लागि छुट्याइएको रकम क्यान्सर पीडितलाई सहयोग गरेको…

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। अब बाढी, पहिरो जस्ता विपद्मा बेपत्ता भएका…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरिएको ठगी प्रकरणमा पक्राउ…

प्रतिकृयाहरू
...