Friday 3rd May 2024

संसदीय समितिमा भएको बहस प्रति उर्जामन्त्री पुनको टिप्पणी


तितोपाटी – ऊर्जा मन्त्री बर्षमान पुनले ट्रंक लाइन विवादमा मुख खोलेका छन् । उनले ट्रंक लाइन प्रयोग गरेर उद्योग चलाउने उद्योगीहरुको बक्यौता उठाई छाड्ने बताए । मंगलबार ऊर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन पुनले विनियमावली संसोधन गरिए पछिको व्यवस्थाअनुसार ट्रङक लाइन लिएकाहरुलाई डेडिकेटेड सरहको महशुल अशुल्ने बताए ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि उपस्थित पत्रकार सम्मेलनमा मन्त्री पुनले ट्रंक लाइनका प्रत्येक उद्योगको टोओडी मिटर अध्ययन भइरहेको भन्दै अध्ययनबाट प्राप्त प्रतिवेदन अनुसार महशुल उठाइने बताए । ‘उद्योगले साँच्चिकै लोडसेडिङमा बसेका हुन् कि ट्रंक लाइन उपभोग गरेर चलाएका हुन् भन्ने अध्ययन हुँदैछ,’ उनले भने,’त्यसैअनुरुप महशुल असुलउपर हुन्छ ।’

उनले संसदको सार्वजनिक लेखा समितिमा भएको बहसबारे पनि टिप्पणी गरे । मन्त्री पुनले संसदिय समितिका निर्देशनहरुको पालना गरिएको र प्राधिकरणका काम कारवाही पारदर्शी राखिएको बताए । ‘हामी थप पारदर्शी हुन्छौं, तर बहसहरु पनि तथ्यपरक हुनुपर्छ,’ पुनले भने ।

केहि दिन अघि नेकपाका सांसद अमनलाल मोदीले प्राधिकरण प्रमुख घिसिङलाई लोडसेडिङ हटाएको घुम्टो ओढेर भ्रष्टाचार गरिरहेको आरोप लगाएका थिए ।

मन्त्री पुनले त्यसलाई गलत आरोपको संज्ञा दिए । ‘म नै हाल प्राधिकरणको अध्यक्ष छु, निर्णयहरु पारदर्शी गरेका छौं’ उनले भने,’ प्रश्न बर बहसहरुमा पनि तथ्यमा आधारित हुनुपर्छ ।’


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

प्रतिकृयाहरू
...