Friday 2nd October 2026

भोजपुरमा जन्म दिने आमाले नै २२ महिने शिशुको हत्या गरिन्


तितोपाटी – भोजपुर सदरमुकाममै एक महिलाले आफ्नै नाबालक छोराको विभत्स हत्या गरेकी छन्। भोजपुर नगरपालिका- ९, पानीट्याङ्कीमा भाडामा बस्दै आएकी सम्झना थापाले धारिलो खुकुरी प्रहार गरी २२ महिने छोराको हत्या गरेकी हुन्।

मंगलबार बिहान करिब साढे ७ बजेतिर कोठामै रामप्रसाद राई गाउँपालिका- ७ बासीखोरा घर भएका सूर्यबहादुर थापाकी श्रीमती २५ वर्षीया सम्झनाले छोरालाई अचानोमा राखी दुई टुक्रा बनाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी केशव कुमार थेबेले जानकारी गराए।

उनी पानीट्याङ्कीस्थित जेठा भिनाजु रमन राईको घरको माथिल्लो तल्लामा छोरा र श्रीमानसँग बस्दै आएको प्रहरीले जनाएको छ। हत्या गर्ने सम्झनाको केही महिनादेखि मानसिक सन्तुलन ठिक नभएको स्थानीयले बताएका छन्। घटनापछि उनलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको छ। मृतक बालकको शव पोष्मार्टमका लागि जिल्ला अस्पताल भोजपुरमा ल्याइएको प्रहरीले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको टेनेसी राज्यमा १९९५ को हत्या अभियोगमा मृत्युदण्ड सजाय पाएकी ४९ वर्षीया क्रिस्टा पाइकमाथि विषाक्त औषधि प्रयोग गरेर मृत्युदण्ड दिने…

अमेरिकाले इरान नजिकको क्षेत्रमा अर्को युद्धपोत, हजारौं सैनिक र लडाकु विमान पठाउने निर्णय गरेको छ। यससँगै त्यस क्षेत्रमा अमेरिकी सैन्य…

अफगानिस्तानमा लामो समयदेखिको खडेरी र पानी अभावले जनजीवन संकटमा परेको छ। देशका आधाभन्दा बढी क्षेत्र प्रभावित भएका छन् भने १…

प्रतिकृयाहरू
...