Saturday 18th May 2024
नेपालको समाचार
Image

तीतोपाटी-करोडौँ घोटालामा मुछिएका खानेपानी संस्थानका महाप्रबन्धक भूपेन्द्र प्रसादलाई हटाइएको छ । खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले बुधबार प्रसादलाई जिम्मेवारीबाट हटाएकी हुन् । मन्त्रालयसँग कार्यसम्पादन करार गर्न अटेरी गरेको, घोटालामा मुछिएको, कर्मचारी आन्दोलनको व्यवस्थापन नगरेको भन्दै उनलाई जिम्मेवारीबाट मुक्त गराइएको मन्त्रालयको उच्च स्रोतले जनाएको छ । तत्कालका लागि मन्त्रालयका उपसचिव लिलानाथ…

Image

तितोपाटी - जुम्लामा ललाइ फकाइ गरेर एक बालिकामाथि बलात्कार भएकाे छ। चन्दननाथ नगरपालिका ८ धरालबाडामा  ४८ बर्षीय लक्षिराम रोकायाले १३ बर्षीया बालिकालाई बलात्कार गरेका हुन्। राति सुतेको अवस्थामा आफ्नै घरमा बलात्कार गर्दै गरेको भेटेपछि आफन्तले उनलार्इ नियन्त्रणमा लिएका थिए। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक प्रकाश केसीका अनुसार राेकायाले बालिकालार्इ चाउचाउ, बिस्कुट दिएर ललाइ फकाइ गर्ने गरेका…

Image

तितोपाटी - ललितपुरको एक सरकारी विद्यालयका गृहकार्य नगरेको निहुँमा विद्यार्थीलाई यातना दिँदा त्रासले विद्यार्थी विद्यालय जानै छाडेका छन्। ललितपुर जिल्लाको उत्तरी भेगको बागमती गाउँपालिका–४ स्थित प्युटारको श्री कालिदेवी माध्यामिक विद्यालयका विज्ञान शिक्षक बज्रकिशोर साहले गृहकार्य नगरेको निहुँमा १२ वर्षीय विद्यार्थी दर्शन गौतमलाई गत मंसिर १३ गते शारिरीक यातना दिएका थिए। शिक्षक…

Image

तितोपाटी - मोरङको उर्लाबारी नगरपालिका– ६ उर्लाबारी–मधुमल्ला सडकखण्डमा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। को१९प ४४७५ नम्बरको मोटरसाइकल सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार उर्लाबारीका २५ वर्षीय अमित धिमालको मृत्यु भएको हो। गम्भीर घाइते अमितको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी…

Image

तितोपाटी - कैदीका रूपमा जेल परेका श्रीमानलार्इ कारागारबाट छुटाउन पहल गर्ने भन्दै एक बन्दीकी श्रीमतीसँग लाखौँ रुपैयाँ ठगी गर्नुका साथै बलात्कार गरेको आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका निवासी राष्ट्रिय जनता पार्टीका एक नेता पक्राउ परेका छन्। राजपा नेपाल जिल्ला कोषाध्यक्ष रहेका छिन्नमस्ता–५ लोखरमका मनोजकुमार मेहतालाई सो आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको…

Image

तीतोपाटी डट कम-युनिभर्सल पिस फाउण्डेसन (युपीएफ)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्व र सुशासन पुरस्कार प्रदान गरेको छ । आइतबार सम्पन्न एसिया प्यासिफिक सम्मेलन– २०१८, को अवार्ड वितरण समारोहमा नेपालको लोकतन्त्र र सुशासनको नेतृत्व गरेको भन्दै प्रधानमन्त्रीलाई ‘लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड’बाट पुरस्कृत गरिएको हो । पुरस्कारको राशी एक लाख डलर…

Image

तितोपाटी डट कम-वैदेशिक रोजगारीमा जाने कामदारलाई सहज रूपमा सेवा दिन वैदेशिक रोजगार कार्यालय ताहाचलले आइतबारदेखि अनलाइन टोकन सेवा सुरु गरेको छ । श्रम स्वीकृति प्रक्रियालाई व्यवस्थित बनाउन टोकन प्रणाली शुरु गरिएको कार्यालयले जनाएको छ ।टोकन प्रणालीअनुसार नयाँ श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र कागजात प्रमाणिकरण गरिनेछ । वैदेशिक रोजगार विभागको…

Image

तितोपाटी - धनकुटाकी १७ वर्षीया बन्दना नेपालले लगातार १ सय २६ घण्टा नाचेर ‘गिनिज बुक अफ वल्ड रेकर्ड’मा नाम दर्ता गराएकी छन्। धनकुटा महालक्ष्मी नगरपालिका वडा न. ९ मूर्तिढुंगाकी नेपालले गत मंसिर ७ गते शुक्रबारबाट लामो समयसम्म नाचेर विश्व कीर्तिमान कायम राख्ने उद्देश्यसहित बत्तिसपुतलीस्थित विग फुडल्याण्डमा नाच्दै आएकी थिईन। उनले बुधबार दिउँसो…

Image

तीतोपाटी-विदेशमा काम गरेर फर्किएका नेपाली नागरिकलाई सीप परीक्षणको अवसर खुलेको छ। वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्सँगको सहकार्यमा सीप परीक्षणको अवसर दिन लागेको हो। विदेशमा आफूले गरेको विभिन्न कामको सीप परीक्षण गराएर प्रमाणपत्र पाइने छ। यसका लागि विभिन्न २० वटा पेशाका तह १ को परीक्षण गरिने…

Image

तीतोपाटी-पाटन नगरपालिकाबाट रोजगारीका लागि भारत जाने नागरिकको निःशुल्क दुर्घटना बीमा गरिने भएको छ । रोजगारीका लागि अन्य देश जानेहरुको बीमा गरिए पनि भारत जाने नागरिकको अहिलेसम्म बीमा गरिएको थिएन । भारतमा रोजगारीका सिलसिलामा हुनसक्ने जोखिमलाई दृष्टिगत गर्दै बीमा गर्ने तयारी भएको नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिए । नगरपालिकाबाट भारतमा रोजगारी…