Sunday 26th April 2026

दुई वटा सुरुवाल लगाएर आएकी सवनम खोलामा फेलापरिन्


तितोपाटी- रुपन्देही जिल्लामा युवती हत्या अभियोगमा असिरुद्धिन मुसलमान पक्राउ परेका छन् ।प्रेमिकाले विवाहका लागि दवाव दिँदा मुलमानले आफ्नै प्रेमिकाको हत्या गरेको खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार गैडहवा गाउँपालिका वडा नम्बर १ बस्ने मुसलमानले प्रेमिका स्थानीय सवनम नाउँको हत्या गरेका हुन् ।

सवनम वैशाख ३० गते राति आफ्नै घरबाट हराएकी थिइन् । जेठ १ गते घर नजिक रुपन्देही र कपिलवस्तुको सीमास्थित सुख्खा खोलामा सबनम मृत अवस्थामा फेला परेकी थिइन् ।

घरनजिकै बस्ने मुसलमानसँग मायाप्रेम रहेको अनुसन्धानका क्रममा खुलेको र मायाप्रेमकै कारण सवनमको हत्या मुसलमान र उनका साथीहरू मिलेर गरेको रुपन्देही जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक हृदय थापाले बताएका छन् ।

मृतकले आफ्ना प्रेमीलाई विवाह गर्न दवाब दिएको तर नमानिरहेको अवस्थामा घटनाका दिन राति सवनमलाई मुसलमानले घरबाट बाहिर निस्कन लगाएर ५०० मिटर पर लगी घाँटीमा सलले कसेर हत्या गरेको अनुसन्धानले देखाएको थापाको भनाई छ ।

मृतकले २ वटा सुरुवाल लगाएको फेला परेको छ । घरबाट भागेर जाने भनेर मुसलमानले दुईवटा सुरुवाल लगाएर आउन भनेको अहिले विवाह नगरौँ भनेपछि सवनमले २ झापड गालामा हिर्काएको बयान पक्राउ परेका मुसलमानले दिएका छन् ।

आक्रोशित मुसलमानले साथीहरू बोलाएर सवनमको घाटीमा पछ्यौराले कसेर हत्या गरेका थिए ।

उनीहरूले हत्या लगत्तै सवनमको मृत शरीरलाई कसैले नदेखोस् भनि घाँसपातले सोही स्थानमा छोपी गएको र भोलिपल्ट पुनः त्यहा राति आएर शवलाई नजिकैको सुख्खा खोलामा छाडेर गएको अनुसन्धानमा खुल्न आएको छ ।

मुसलमान र उनका साथी अस्लम दुवै जना घटनाकै दिनदेखि फरार थिए । उनीहरूलाई ईलाका प्रहरी कार्यालय लुम्बिनीले नियन्त्रणमा लिएको छ ।

यो घटनामा थप एक जना संलग्न रहेको र छिटै नियन्त्रणमा लिने प्रहरीले जनाएको छ ।a


सम्बन्धित शीर्षकहरु

तितोपाटी-प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन बमोजिम प्रहरीले देशभरका सुकुम्बासी बस्तीहरुमा डोजर चलाउने तयारी गरेको छ । आज साँझ काठमाडौंको थापाथली स्थित…

तितोपाटी-नेपाली कांग्रेसले संसदीय दलको नेता चयनको निर्वाचन कार्यतालिका संंशोधन गरेको छ । पार्टीको तर्फबाट दलको नेता चयनका लागि गठन गरेको…

तितोपाटी-माथागढी गाउँपालिका वडा नम्बर ३, कसेनीको वडा कार्यालय यतिबेला केवल प्रशासनिक सेवामा मात्र सीमित छैन, यो एउटा जीवन्त 'तालिम केन्द्र'…

प्रतिकृयाहरू
...