Tuesday 28th July 2026

डोजर चलाइएपछि अबरूद्ध क्रिकेट रंगशालाको काम पुनः शुरू


तितोपाटी – चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा डोजर चलाएपछि रोकिएको रंगशाला निर्माणकाे काम पुन: सुचारु भएको छ । सरोकारवाला सबै पक्षकाे सहयोग तथा आगामी दिनमा त्यस्ता क्रियाकलाप दोहोरिन नदिने प्रतिबद्धतासँगै शनिबारबाट रंगशाला निर्माणकाे काम पुन:शुचारु भएको हो ।

शनिबार बिहान भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल, नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार ‘इन्द्रजीत’, सचिव एवम् प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेल, नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ र विभिन्न टोल विकास संस्था तथा स्थानीयको उपस्थितिमा निर्माणाधीन रंगशालामा एक अनौपचारिक कार्यक्रम गरी पुन:र्निर्माण सुचारु गरिएको हो।

यस अघि डोजर लगाइए पछि धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल(धुर्मुस)ले एक विज्ञप्ति जारी गरी स्थायी समाधान र कार्यवातावरण तयार नभएसम्मका लागि कामकारवाही स्थगित गरिएको जनाएका थिए । उनले कर्मचारी, कामदारको जिउ ज्यान, भौतिक सम्पतिको सुरक्षाको विषयमा खतरा र गम्भीर परिस्थितिको सिर्जना भएको भन्दै रंगशाला निर्माणको काम स्थागीत गरेका थिए ।

बुधबार राति क्रिकेट रंगशालाको तारबार भत्काउने कामको मुख्य नाइके ठानिएका नेकपाका स्थानीय नेता प्रकाश कँडेलसहित १७ जनालाई प्रहरीले पक्राउ गरिसेकाे छ ।

१९ वर्षीय विपिन भट्टराई, २८ वर्षीय देव गुरुङ, ५५ वर्षीय तुलसी गुरुङ, ४६ वर्षीय देव तामाङ, ३२ वर्षीय सन्जु गुरुङ, ३६ वर्षीय दिपक आचार्य, ४० वर्षीय भैरव वस्ताकोटी, ३४ वर्षीय सुरेन्द्र विक, २५ वर्षीय कृष्ण कँडेल, ३६ वर्षीय राजु सापकोटा, २७ वर्षीय राजन सापकोटा, ४९ वर्षीय धु्रव चापागाई रहेका छन् । त्यस्तै मुद्दा चलाइएका महिलाहहरुमा ३४ वर्षीया कोपिला सापकोटा, ४० वर्षीया पारु परियार, २९ वर्षीया यसोदा पौडेल, ५६ वर्षीया ईश्वरीमाया तामाङ र ३४ वर्षीया मन्जु चापागाई प्रहरीले पक्राउ गरेकाे छ ।

अहिले उनीहरूवरूद्ध जिल्ला प्रहरी कार्यालय चितवनले अभद्र व्यवहार अन्तर्गत मुद्दा चलाएको छ । कँडेललाई नेकपा चिनवानले निलम्बन पनि गरिसकेको छ ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग १५ दिनभित्र सम्बोधन नगरे वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रक्रिया रोक्ने चेतावनी दिएका छन्। उनीहरूले ५९८…

एआईको बढ्दो प्रयोगसँगै विश्वभर डाटा सेन्टर निर्माणको विरोध बढ्दै गएको छ। एक अध्ययनअनुसार मानिसहरू एआईका अन्य जोखिमभन्दा यसको वातावरणीय प्रभाव—जस्तै…

सर्वोच्च अदालतले न्यायिक सेवामा नागरिकको पहुँच सहज बनाउन सोमबारदेखि इजलासबाट जारी हुने आदेशहरू सोही दिन विद्युतीय प्रणालीमा अपलोड गर्ने व्यवस्था…

प्रतिकृयाहरू
...