Monday 3rd August 2026

प्रधानमन्त्री ओलीले मानेनन् मापदण्ड विपरित बनेको होटल उद्घाटन गर्न


तितोपाटी- शनिबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओली ३ वटा कार्यक्रममा सरिक हुन पोखरा आए । होटल उद्घाटन, स्काउटको कार्यक्रम र रवीन्द्र स्मृति प्रतिष्ठानको सुरुवात । पूर्व निर्धारित समयअनुसार पोखरा विमानस्थलबाट प्रधानमन्त्री ओली सिधै होटल हानिए । यसअघि नै तय गरिएको कार्यक्रम अनुसार पोखराको लेकसाइडमा रहेको स्विस इन्टरनेसनल होटल सरोवरको उद्घाटन गर्न उनी त्यहाँ पुगेका थिए ।

यद्यपि, प्रधानमन्त्री ओलीको उपस्थितिमा उद्घाटन गर्ने भनिएको होटलले महानगरले तोके अनुसारको मापदण्ड पुरा गरेको छैन ।

प्रधानमन्त्रीले नै मापदण्ड विपरित बनेको होटल उद्घाटन गर्ने कार्यक्रम सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना पनि भएको थियो ।

प्रधानमन्त्री ओलीसँगै युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, गण्डकी प्रदेशका सांसदहरु पनि होटल पुगेका थिए ।

प्रधानमन्त्री आउनुअघि नै होटलमा उद्घाटनको रौनक थियो । खानाको आइटम पनि तयार भइसकेको थियो । प्रधानमन्त्री आएको केही छिनमै उद्घाटन गर्ने आयोजकले जानकारी गराउँदै आएको थियो ।

प्रधानमन्त्रीले उद्घाटन गर्ने भनेर तयार पारिएको शिलालेख रातो कपडाले छोपेर राखिएको थियो । तर, केहीबेरमै प्रधानमन्त्री स्काउटको ड्रेस लगाएर निस्किए ।

महानगरले तोकेको मापदण्ड विपरित उक्त होटल ९ तलाको छ । साढे दुई तला बेसीको नक्सा पास गराएर होटलको भवन बनेको हो ।

यद्यपी उक्त होटलका सञ्चालक भरत पहारी नै महानगरले गठन गरेको समितिका संयोजक समेत हुन् । पोखरा ६ लेकसाइडका वडाध्यक्ष जगत पहारीले उक्त होटल मापदण्ड विपरित बनेको पुष्टि गरेका छन् ।

प्रधानमन्त्री ओलीले उद्घाटन गर्न नमानेपछि उपस्थित अतिथि त्यसै फर्किए ।


सम्बन्धित शीर्षकहरु

युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा केही वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) लाई फाइदा पुग्ने गरी सिन्डिकेट…

गाजामा इजरायली हवाई आक्रमणका कारण पछिल्लो २४ घण्टामा कम्तीमा १३ जनाको मृत्यु भएको छ, जसमा केही बालबालिकासमेत रहेका छन्। आक्रमण…

जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गर्दै सर्वसाधारणलाई सतर्क…

प्रतिकृयाहरू
...