विप्लव समूहद्वारा अपहरणमा परेका दैलेख ठाँटीकाध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई प्रहरीले उद्दार गरेको छ। शनिबार राति अपहरणमा परेका अध्यक्ष शाहीलाई आइतबार बेलुका साढे ६ बजे उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख प्रहरी नायव उपरीक्षक श्याम ओलीयाले जानकारी दिए।अध्यक्ष शाहीलाई कालिकोटको शुभकालिका गाउँपालिका–१ छाती भन्ने ठाउँको जंगलबाट उद्दार गरिएको डिएसपी…
तितोपाटी- दैलेखको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाही र उनकी पत्नीलाई अज्ञात समूहले अपहरण गरेको छ । शनिबार राति करिब १२ बजेतिर उनीहरुलाई अपहरण गरेको धिरबहादुरका भाइ हस्त शाहीले जानकारी दिए । अध्यक्ष शाहीसँगै उनकी पत्नी इला शाही पनि अपहरण गरिएको हस्तले बताए। भाइ हस्तका अनुसार अध्यक्ष शाहीको ठाटीकाँध गाउँपालिका-२स्थित श्रीपाटामा…
भान्जाभान्जी'को अपहरण गरेको २४ घण्टा नबित्दै अर्को अपहरण ! गत मंसिर २८ गते म्याग्दी घर भएकी (नाम परिवर्तन) सीता अपरान्हतिर छोराछोरीलाई घरमा राखेर पोखरा निस्किइन् । सीता १५ वर्षीया छोरी, १४ वर्षीय छोरा र भान्जीसँग सामाखुसी चोक नजिकै बस्दै आएकी थिइन् ।सीता जेठी छोरीलाई सम्झाएर ससुराको पेन्सन पट्टा बनाउन भन्दै…
जबर्जस्ती करणी उद्योग अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा अदालतलाई झुटो बयान दिएका कारण पुर्पक्षका लागि थुनामै बस्नुपर्ने भएको छ। उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंलाई महराले दिएको बयान र पीडित महिलाको कोठामा भेटिएका प्रमाणबीच मेल नखाएकाले उनलाई पुर्पक्षका लागि डिल्लीबजार सदरखोरमा राख्न भएको आदेश सदर गरेको छ। महराले आफूलाई…
खिलानाथ ढकाल-नेपाल ह्याचरी उद्योग संघले ब्रोइलर कुखुराको मासुको मूल्य समायोजन गर्ने भन्दै झन्डै ३० लाख चल्ला जिउँदै गाडेको छ।संघले यही साता चितवनलगायत ठाउँमा चल्ला मारेको छ भने अण्डा पनि नष्ट गरेको छ।४५ करोड मूल्य बराबरको अण्डा नष्ट गरिएको ह्याचरी संघका अध्यक्ष टीकाराम पोखरेलले बताए। पछिल्लो समय मासुको मूल्य घटेको र…
तितोपाटी- कपाल काट्ने काम’ गर्ने भन्नासाथ कतिपयलाई ठाकुर समुदाय वा मधेसी तथा विहारका नागरिकहरुको याद आउँछ । नेपालमा अधिकांश नाईहरु त्यही समुदायकै रहेका छन् । तर, आजभोलि यस पेसामा अन्य समुदायका युवाहरुको प्रवेश पनि बढ्दै छ । कुनै पनि काम सानो र ठूलो हुँदैन भन्ने उदाहरण दिएका छन्,भरतपुरमा सैलुन खोलेका…
तितोपाटी- सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ सेलाङका ३६ वर्षीय भीमबहादुर लोप्चनको १७ वर्षको कलिलै उमेरमा छिमेकी राममायासँग बिहे भयो। सुरुका केही दिन त हाँसखेलमै बिते। वर्ष बित्दै गयो तर बच्चा बसेन। उनीहरुमा एक खालको तनाव पैदाभयो। उनीहरुका धेरै प्रयास असफल भए। यसैगरी झण्डै १० वर्ष बिताए। एकदिन राममायाले कठोर निर्णय लिएर अर्को…
तितोपाटी- अमेरिकाले यो वर्ष मात्रै गैरकानुनी रूपमा आफ्नो देश आइपुगेको आरोपमा १ सय १५ जना नेपालीलाई फर्काएको छ । बुधवार पाँच नेपालीलाई चार्टर्ड विमानमार्फत् काठमाण्डू ल्याएर छाडेको नेपाल प्रहरीले जनाएको छ। यो वर्ष वैशाखयता मात्रै अमेरिकाले ११५ जना नेपालीलाई निष्काशन गरेर नेपाल पठाएको विवरण नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई पठाएको…
तितोपाटी - पुस महिनाको सुरुवातसँगै तराइका जिल्लाहरूमा शितलहर शुरु भएको छ भने शीतलहरबाट वृद्धवृद्धा, बालबालिका र श्रमिक सबैभन्दा बढी प्रभावित भएका छन्। पश्चिमी वायुको प्रभावले पश्चिम तराईमा हुस्सु, कुहिरो र शितलहर शुरु भएको हो। तराईका अधिकांश भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाक्लो…
काठमाडौं -गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन निरीक्षण गरेका छन्। बुधबार बिहान अनुगमनमा गएका गृहमन्त्री थापाले अध्यागमनको अवस्थाबारे जानकारी लिएका छन्।गृहमन्त्री बादल अध्यागमनमा पुग्दा त्यहाँ हुँदै गरेको मर्मत, सुरक्षा अवस्था र अध्यागमनमा प्रविधिले कसरी काम गर्छ भन्ने जानकारी गराउन विभागका महानिर्देशक ईश्वरराज पौडेल तम्तयार थिए। भ्रमण वर्ष २०२०…
![]()