Wednesday 14th October 2026

नेकपाको निर्णय : प्रदेश ३ को नाम बागमती, राजधानी हेटौंडा


तितोपाटी- प्रदेश ३ को नाम बागमती र स्थायी राजधानी हेटौंडा नै तोक्न प्रदेश कमिटी र प्रदेश सभा दललाई निर्देशन दिने नेकपाले निर्णय गरेको छ।

आइतबार बिहान बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको नेकपाका एक सचिवालय सदस्यले जानकारी दिए।प्रदेश ३ मा सत्तारुढ नेकपाकै सांसदहरु नाम र राजधानीका विषयमा विभाजित छन्।

कतिपय सांसदहरुले मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडालाई नै राजधानी तोक्न चाहेकाले यसमा ढिलाइ भएको आरोप लगाउँदै आएका थिए।मुख्यमन्त्री पौडेलले भने यसको निर्णय पार्टी केन्द्रबाबाटै हुनुपर्ने बताएका थिए।

प्रदेश ३ को प्रदेशसभामा नेकपाको दुई तिहाइ बहुमत छ राजधानी पनि काभ्रे, भक्तपुर र हेटौंडामध्ये कहाँ राख्ने भन्नेमा नेकपाका प्रदेशसभा सदस्यहरुबीच विवाद थियो।


सम्बन्धित शीर्षकहरु

श्रीलङ्काली आप्रवासी कामदार अनोजन सिवारासाको मृत्युदण्ड खारेज, रिहाइबारे भने अझै स्पष्टता छैन रियाद/कोलम्बो, १४ अक्टोबर। साउदी अरबको सर्वोच्च अदालतले फेसबुकमा…

भारतीय गृहमन्त्री अमित शाह र नेपाली गृहमन्त्री सुधन गुरुङबीच नयाँदिल्लीमा भेटवार्ता बिम्स्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठकमा नेपालको प्रतिनिधित्व गर्दै गुरुङको सहभागिता,…

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले…

प्रतिकृयाहरू
...