Monday 13th May 2024

ब्रेन ट्यूमरका बिरामी श्रीमानको उपचारको लागि श्रीमतीद्वारा सहयोगको अपिल


तितोपाटी – एक महिनादेखि अचेत अबस्थामा काठमाण्डाैं मेडिकल कलेजमा उपचाररत ब्रेन ट्यूमरका बिरामी श्रीमानको उपचारको लागि पीडितकी श्रीमतीले देश विदेशमा भएका नेपाली संघ सँस्था एवं दाजुभाइ तथा दिदीबहिनीहरूसँग सहयोगको अपिल गरेकी छन्। टेम्के मैयुङ गाउँपालिका-४ दिल्पा नागी भोजपुरका ४४ वर्षिय सन्तोष कुमार राईकी श्रीमती अनुकला राइले सहयोगको अपिल गरेकी हुन्।

ब्रेन ट्यूमर भएर गत जेष्ठ महिनामा अपरेसन गरिएका सन्तोषको ट्युमर पुनः बल्झिएपछी विगत एक महिनादेखी काठमाडौ मेडिकल कलेजमा आइ सि युमा उपचाररत छन्। पहिलो पटकको उपचारको क्रममा १२/१३ लाख ऋण काढीसकेका परिवारजन सन्तोषलाइ पुनः ट्यूमर बल्झिए पछि उपचार गर्ने खर्च जोहो गर्न नसकेर पीडित छन्।

अहिले पनि उपचारको लागि १५ लाख जति जुटाउनु पर्ने भएपछि पहिले नै त्यत्रो ऋणको बोझ भएका उनीहरूले अन्य कुनै उपाय नभएकोले पीडितकी श्रीमती अनुकलाले सहयोगको अपिल गरेकी हुन्। एक नेपाली भएर अर्को नेपाली अप्ठेरोमा परी छट्पटाउँदा मानवताको नाताले सहयोग गर्ने नेपाली विशेषता भएकोले ठुलो अाशा लिएर उनले देश विदेशमा रहेका संघ संस्था तथा नेपाली दाजुभाइ दिदिबहिनीहरुलाइ गुहारेको बताउँदै श्रीमानको उपचारमा सहयोग गरी ज्यान बचाइदिन अनुकलाले संसार भरका सबै सामाजिक मनका धनी नेपालीहरूलाइ गुहार गरेकी छन्।

सहयोग गर्न चहानुहुने इच्छुक दाजुभाइ दिदिबहिनीहरुले बिरामीकी श्रीमती अनुकला राइलाइ 00977-9810217750 मा सम्पर्क गर्न सक्नुहुनेछ।


सम्बन्धित शीर्षकहरु

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठसहित…

नेकपा माओवादी केन्द्रले मधेश प्रदेशको सरकार छोडेको छ । माओवादी केन्द्रका दुई मन्त्रीले मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएर सरकारबाट…

उत्तरी अफगानिस्तानमा अधिक वर्षाका कारण शुक्रबार अचानक बाढी आउँदा ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ र हजारौं घरहरू ध्वस्त…

प्रतिकृयाहरू
...