Saturday 21st November 2026
नेपालको समाचार
Image

तितोपाटी- प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै समयमा निर्वाचन हुने बताएका छन् । ढल्केबर सवस्टेसनको उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तोकिएकै समयमा निर्वाचन हुने दावी गर्दै सबैलाई तयारी रहन समेत आग्रह गरेका छन् । ‘२०७८ साल वैशाख १७ र २७ गते चुनाव हुन्छ । तपाईंहरू त्यो दिनको तयारी गर्नुहोस् ।…

Image

प्रधानमन्त्री केपी ओलीले नेपालको अँध्यारो युग समाप्त भएको दाबी गरेका छन् । ‘१०५ वर्षअघि फर्पिङबाट चन्द्रज्योति भनेर सुरु गरिएको पिलपिले बत्तीको सुरुवात भयो, त्यो पिलपिले बत्ती माथि उठ्न नसकेर देशलाई १८ घन्टासम्म अन्धकार बनायो,’ धनुषाको ढल्केबरस्थित सबस्टेसनको उद्घाटन गर्दैै ओलीले भने, ‘अँध्यारो युग समाप्त भयो, अब देशमा चौतर्फी विकास हुन्छ…

Image

नेकपा ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल चढेको गाडी नुवाकोटमा तोडफोड भएको छ । प्रचण्ड–नेपाल समुहका कार्यकर्ताले कालो झण्डा देखाउने क्रममा पोखरेलको गाडी तोडफोड गरेका हुन् । कार्यक्रममा सहभागी  हुने क्रममा ओली र प्रचण्ड–नेपाल समूहबीच झडप भएको हो । गत पुष ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड–माधव समुहले…

Image

तितोपाटी- कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा थप तीन नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता बेलायतमा तीन जनाको सङ्क्रमणका कारण निधन भएको हो । यो सहित विदेशमा कोरोना सङ्क्रमणका कारण निधन हुने नेपालीको सङ्ख्या ३३० जना पुगेको छ । गैरआवासीय नेपाली सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जीव…

Image

तितोपाटी- पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपाले केन्द्रीय कमिटी बैठक बोलाएको छ । नेकपाले भोलि (सोमबार)का लागि बैठक बोलाएको हो । बैठक बिहान ११ बजे बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बस्ने पार्टी कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । बैठकको एजेन्डाबारे जानकारी नभएको उनले बताए । सरकारले प्रतिनिधिसभा…

Image

प्रतिनिधिसभा विघटनसम्बन्धी सुनवाइ भइरहेको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र वरिष्ठ अधिवक्ता रमण श्रेष्ठबीच चर्काचर्की परेको छ । बरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहसका लागि ५ घण्टाको समय मागेपछि चर्को सवाल जवाफ सिर्जना भएको हो । श्रेष्ठले ५ घण्टाको समय मागेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवराले अरु अधिवक्ता सरह ३० मिनेटमा…

Image

विष सेवनका कारण पश्चिम नवलपरासीको सरावल गाउँपालिका–५ धनगडवामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। ३५ वर्षीया अनिता चौधरीले बुधबार राति छोरीहरू १२ वर्षीया नेहा र १० वर्षीया हेमालाई विष पिलाएर आफूले पनि पिएको अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी राजु लामाले बताए। डीएसपी लामाका अनुसार उनीहरूको उपचारका…

Image

 वैदेशिक रोजगारिका लागि पठाउने भन्दै ठुलो रकम ठगी गरेको आरोपमा पोखराबाट एक युवालाइ प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारिका लागि क्यानडा पठाउने भन्दै ३३ जना व्यक्तिबाट मोटोरकम उठाएर ठगी गरेको उजुरीका आधारमा प्रहरीले युवालाइए पक्राउ गरेको हो । ठगी गर्ने नियतले क्यानडा पठाइदिने भन्दै रकम उठाएको जाहेरीको आधारमा पर्वत…

Image

तितोपाटी- नेपालमा भ्रष्टाचार बढ्दै गएको ट्रान्सपरेन्सी इन्टरनेशनलको एक प्रतिवेदनले देखाएको छ ।बिहीबार ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा भ्रष्टाचार बढेको पाइएको हो । सन् २०२० मा १८० देशमा भएको भ्रष्टाचार अवधारणा सूचकांक सर्वेक्षणमा नेपाल ११७ औँ स्थानमा परेको छ । गत वर्ष ११३ औँ नम्बरमा परेको नेपालमा ४ अंकले…

Image

तितोपाटी- सर्वोच्च अदालतले अवहेलना सम्बन्धी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफैं उपस्थित भएर लिखित जवाफ दिन माग गरेको छ । प्रधानमन्त्रीविरुद्ध दायर अवहेलना सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले न्यायाधीश मनोजकुमार शर्माको इजलासले बिहीबार प्रधानमन्त्री ओलीलाई ७ दिनभित्र लिखित जवाफका आदेश जारी गरेको छ । वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्यले प्रधानमन्त्री…