Friday 9th October 2026

निर्वाचन निर्धारित समयमै हुन्छ, तयारी गर्नुस्: प्रधानमन्त्री ओली


तितोपाटी- प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै समयमा निर्वाचन हुने बताएका छन् ।

ढल्केबर सवस्टेसनको उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तोकिएकै समयमा निर्वाचन हुने दावी गर्दै सबैलाई तयारी रहन समेत आग्रह गरेका छन् ।

‘२०७८ साल वैशाख १७ र २७ गते चुनाव हुन्छ । तपाईंहरू त्यो दिनको तयारी गर्नुहोस् । तयार भएर बस्नुहोस् । एक दिन पनि पर सर्दैन’, प्रधानमन्त्री ओलीले भने ।

उनले भने, “चुनाव नहोस् भनेर निर्वाचन आयोगलाई धम्की दिइरहेका छन् । निर्वाचन आयोगको काम निर्वाचन गराउने हो र गराउनु पर्छ । हामी सानातिना कुरामा अल्झिएर बस्दैनौँ । अब नयाँ सिराबाट देश बनाउँनतिर लाग्छौँ, पार्टी बनाउँछौँ । चुनावमा गएर नयाँ सरकार बनाउँछौँ ।”


सम्बन्धित शीर्षकहरु

र्वी युक्रेनको दोनेत्स्क क्षेत्रस्थित क्रामाटोर्स्क शहरमा बिहीबार भएको रुसी आक्रमणमा दुईवटा सार्वजनिक बसमा आगलागी हुँदा कम्तीमा ३३ जनाको मृत्यु भएको…

रियाद, २३ असोज। यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादस्थित विमानस्थललाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेका छन्। उक्त…

भारत र इजरायलबीचको सम्बन्ध प्रधानमन्त्री नरेन्द्र मोदीको शासनकालमा उल्लेखनीय रूपमा नजिकिएको छ। सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि गाजामा…

प्रतिकृयाहरू
...