Friday 9th October 2026

नेकपाले बोलायो केन्द्रीय कमिटी बैठक


तितोपाटी- पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपाले केन्द्रीय कमिटी बैठक बोलाएको छ । नेकपाले भोलि (सोमबार)का लागि बैठक बोलाएको हो ।

बैठक बिहान ११ बजे बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बस्ने पार्टी कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । बैठकको एजेन्डाबारे जानकारी नभएको उनले बताए ।

सरकारले प्रतिनिधिसभा विघटन गरी आउँदो वैशाखमा निर्वाचनको घोषणा गरेपछि नेकपा सडक संघर्षमा छ । गएको पुसमा बसेको केन्द्रीय कमिटी बैठकले प्रधामन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएर नेपाललाई अध्यक्ष बनाएको थियो ।


सम्बन्धित शीर्षकहरु

र्वी युक्रेनको दोनेत्स्क क्षेत्रस्थित क्रामाटोर्स्क शहरमा बिहीबार भएको रुसी आक्रमणमा दुईवटा सार्वजनिक बसमा आगलागी हुँदा कम्तीमा ३३ जनाको मृत्यु भएको…

रियाद, २३ असोज। यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादस्थित विमानस्थललाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेका छन्। उक्त…

भारत र इजरायलबीचको सम्बन्ध प्रधानमन्त्री नरेन्द्र मोदीको शासनकालमा उल्लेखनीय रूपमा नजिकिएको छ। सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि गाजामा…

प्रतिकृयाहरू
...