Saturday 20th April 2024

नेपालमा ४ अंकले भ्रष्टाचार बढ्यो: ट्रान्सपरेन्सी इन्टरनेशनल


तितोपाटी- नेपालमा भ्रष्टाचार बढ्दै गएको ट्रान्सपरेन्सी इन्टरनेशनलको एक प्रतिवेदनले देखाएको छ ।बिहीबार ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा भ्रष्टाचार बढेको पाइएको हो ।

सन् २०२० मा १८० देशमा भएको भ्रष्टाचार अवधारणा सूचकांक सर्वेक्षणमा नेपाल ११७ औँ स्थानमा परेको छ । गत वर्ष ११३ औँ नम्बरमा परेको नेपालमा ४ अंकले भ्रष्टाचार बढेको देखाएको हो ।

ट्रान्सपरेन्सी इन्टरनेशन नेपालले पत्रकार सम्मेलनमार्फत प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनका अनुसार सबैभन्दा कम भ्रष्टाचार हुने देशहरुमा डेनमार्क र न्युजील्याण्ड परेका छन् भने साउथ सुडान र सोमालिया सवैभन्दा बढी भ्रष्टाचार हुने देशको सूचीमा परेका छन् ।

कुल सय अंकमा डेनमार्क र न्युजील्याण्डले कुल सयमा ८८ अंक प्राप्त गरेका छन् जबकी नेपालले भने ३३ अंक र साउथ सुडान र सोमालियाले १२ अंक मात्र प्राप्त गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

बतास आइ सक्यो मनमा कुन्नि के भयो संसार कै राम्री हजुरको सम्झना आयो भेट हुन्छ हाम्रो आशा मनमा छ यी…

बालकृष्ण घिमिरे , काभ्रे - बा र बाका बा (हजुरबा)हरु गरिव थिए । बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता…

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

प्रतिकृयाहरू
...