Saturday 10th October 2026
नेपालको समाचार
Image

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दर्ताका लागि पेस गरेका छन्। सोमबार वारेसमार्फत सर्वोच्च अदालतमा पेस गरिएका दुवै रिटमाथि अध्ययन भइरहेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिएका छन्। उनका अनुसार रिट दर्ता हुने…

Image

मलेसियाले नेपाली श्रमिक पठाउन २५ वटा म्यानपावर कम्पनीलाई मात्र मान्यता दिएपछि विवाद उत्पन्न भएको छ। नेपाल सरकार र वैदेशिक रोजगार व्यवसायीहरूले यसलाई सिन्डिकेटको प्रयास भन्दै विरोध गरेका छन्। श्रम मन्त्रालयले छनोट प्रक्रिया र मापदण्डबारे आफूलाई जानकारी नभएको जनाएको छ भने नेपालले मलेसिया सरकारलाई कूटनीतिक नोट पठाएर सबै वैधानिक म्यानपावर कम्पनीलाई…

Image

परराष्ट्र मन्त्रालयबाट १५ वर्षअघि ५०० वटा ट्राभल डकुमेन्ट हराएको विषय अहिले फेरि चर्चामा आएको छ। अभिलेखअनुसार, यी कागजात मन्त्रालयको स्टोरबाट सन् २००९ मा निकालिएका थिए। त्यसमध्ये २५० वटा कायरोस्थित नेपाली नियोग र २५० वटा बैंककस्थित नियोगका लागि पठाउने भनिएको थियो। तर पछि कायरोस्थित नियोगले त्यस्ता कागजात मागेको नै नदेखिएपछि ती…

Image

नेपालमा जापानी इन्सेफ्लाइटिस (जेई) संक्रमण बढ्दै गएपछि सरकारले सबैभन्दा बढी प्रभावित झापा जिल्लाबाट वयस्क लक्षित खोप अभियान सुरु गर्ने तयारी गरेको छ। झापामा संक्रमित १० जनामध्ये ६ जनाको मृत्यु भइसकेको छ, जसका कारण मृत्युदर ६० प्रतिशत पुगेको छ। पछिल्लो डेढ महिनामा देशभर ५९ जना संक्रमित र २१ जनाको मृत्यु भएको…

Image

नेकपा (एमाले)को भातृ संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) कुवेतको पाँचौँ राष्ट्रिय अधिवेशन शुक्रबार कुवेतको फरवानियास्थित Chef Naushad Signature Restaurant मा सम्पन्न भएको छ। अधिवेशनमा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल प्रमुख आतिथ्यता रहेको थियो। अधिवेशनमा नेपालका लागि कुवेतका राजदूत घनश्याम लम्साल, एमालेका मध्यपूर्व इन्चार्ज रविन्द्र अधिकारी,…

Image

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ठूला पूर्वाधार आयोजना तथा संस्थागत सुधारका लागि आवश्यक वित्तीय स्रोत जुटाउने अवस्था आगामी दिनमा थप चुनौतीपूर्ण बन्दै गएको बताएका छन्। उनका अनुसार अहिले विकासका लागि उपलब्ध हुने स्रोतहरू पहिलेको तुलनामा महँगो र कठोर बन्दै गएका छन्। ब्याजदर बढिरहेको, ऋणको ग्रेस पिरियड घटिरहेको र ऋण तिर्ने म्यादसमेत…

Image

काठमाडौं — लामो समयदेखि न्यून पारिश्रमिक, असमान सेवा–सुविधा र सरकारी प्राथमिकतामा आफूहरू पछाडि परेको गुनासो गर्दै आएका सामुदायिक विद्यालयका प्रारम्भिक बाल विकास (ईसीडी) सहजकर्ता, विद्यालय कर्मचारी, विद्यालय सहयोगी तथा संघीय शिक्षण सहयोग अनुदानअन्तर्गत कार्यरत शिक्षकहरूका लागि सरकारले बुधबार महत्वपूर्ण निर्णय गरेको छ। २०८३ भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले ईसीडी…

Image

कालिकोटको ४२० मेगावाट क्षमताको तिला–२ जलविद्युत् आयोजनाको वित्तीय क्लोजर सम्पन्न भएको छ। आयोजनामा करिब ७० अर्ब रुपैयाँ लगानी हुनेछ, जसको ७५ प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण र २५ प्रतिशत प्रवर्द्धक पक्षबाट जुटाइनेछ। आयोजनाले निर्माण सुरु भएको चार वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ। वार्षिक २,३१८ गिगावाट-घण्टा विद्युत् उत्पादन…

Image

देशका विभिन्न स्थानमा वर्षासँगै आएको बाढी र पहिरोका कारण सडक यातायात प्रभावित भएको छ। काभ्रे, सिन्धुपाल्चोक, रसुवा, पश्चिम रुकुम, संखुवासभा, लमजुङ, इलाम, नुवाकोट र मकवानपुरका विभिन्न सडक खण्ड अवरुद्ध भएका छन्। काभ्रेको बीपी राजमार्ग, मकवानपुरको कान्ति लोकपथ र नुवाकोटको टोखा–छहरे सडकमा रातिको सवारी सञ्चालन रोकिएको छ। इलामको मेची राजमार्ग, सिन्धुपाल्चोकको…

Image

स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमामा नयाँ आबद्धता, बीमालेख नवीकरण तथा KYC अद्यावधिक लगायतका सेवा अब HIB e-Portal मार्फत अनलाइन रूपमा उपलब्ध गराएको छ। नयाँ प्रणालीबाट नागरिकले www.eportal.hib.gov.np मा गई स्वयं वा दर्ता सहयोगीमार्फत स्वास्थ्य बीमामा आबद्ध हुन, नवीकरण गर्न तथा विवरण अद्यावधिक गर्न सक्नेछन्। प्रणालीलाई राष्ट्रिय परिचयपत्र (NID) सँग समेत…