Tuesday 29th September 2026

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ९८७ पुग्यो


रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ९८७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहानसम्म विभिन्न जिल्लाबाट ९८७ शव फेला परेका छन्।

बाढीपछि ३ हजार ९१६ जना अझै सम्पर्कविहीन रहेका छन्। बेपत्तामध्ये सुरक्षाकर्मी, जलविद्युत् आयोजनाका कर्मचारी, भन्सार कर्मचारी तथा सर्वसाधारण रहेका छन्। साथै ५८३ विदेशी नागरिक पनि सम्पर्कविहीन छन्।

हालसम्म बाढी प्रभावित क्षेत्रबाट ११ हजार ८१४ जनाको उद्धार गरिएको छ। बाढीमा २७९ जना घाइते भएका छन्, जसमध्ये १६८ जना उपचारपछि घर फर्किसकेका छन्।

उद्धार तथा राहत कार्यका लागि २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। भदौ १० गते आएको बाढीले रसुवा, नुवाकोट लगायतका जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको छ।


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...