Wednesday 21st October 2026

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ९८७ पुग्यो


रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ९८७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहानसम्म विभिन्न जिल्लाबाट ९८७ शव फेला परेका छन्।

बाढीपछि ३ हजार ९१६ जना अझै सम्पर्कविहीन रहेका छन्। बेपत्तामध्ये सुरक्षाकर्मी, जलविद्युत् आयोजनाका कर्मचारी, भन्सार कर्मचारी तथा सर्वसाधारण रहेका छन्। साथै ५८३ विदेशी नागरिक पनि सम्पर्कविहीन छन्।

हालसम्म बाढी प्रभावित क्षेत्रबाट ११ हजार ८१४ जनाको उद्धार गरिएको छ। बाढीमा २७९ जना घाइते भएका छन्, जसमध्ये १६८ जना उपचारपछि घर फर्किसकेका छन्।

उद्धार तथा राहत कार्यका लागि २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। भदौ १० गते आएको बाढीले रसुवा, नुवाकोट लगायतका जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको छ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

दक्षिण अमेरिकी देश कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु…

प्रतिकृयाहरू
...