Monday 21st September 2026

काठमाडौं–हेटौँडा सवारीका लागि नयाँ रुट निर्धारण


भोटेकोसी बाढी र पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि प्रहरीले काठमाडौं र हेटौँडा बीच चल्ने सवारीसाधनका लागि नयाँ रुट लागू गरेको छ।

प्रहरीका अनुसार १० चक्कासम्मका मालवाहक र ठूला यात्रुवाहक सवारीसाधन काठमाडौं जाँदा त्रिभुवन राजपथ र फर्किंदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ। १४ सिटभन्दा कम क्षमताका साना सवारीसाधनका लागि पनि छुट्टै मार्ग तोकिएको छ।

कान्ति राजमार्ग प्रयोग गर्ने सवारीसाधनले साँझ ६ बज्नुअघि ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्ने व्यवस्था गरिएको छ। प्रहरीले अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न, ओभरटेक नगर्न र ट्राफिक प्रहरीको निर्देशन पालना गर्न आग्रह गरेको छ।

बाढी र पहिरोका कारण धादिङको कृष्णभिर र परेवाभिर क्षेत्रमा सडक पूर्ण रूपमा अवरुद्ध रहेको छ।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघ महासभा (UNGA) को ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्न सेप्टेम्बर २२ मा न्यूयोर्क प्रस्थान गर्ने भएका…

भोटेकोशी–त्रिशूली नदी प्रणालीमा गत अगस्ट २६ मा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री प्राकृतिक विपद् उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक…

उत्तर कोरियाले आइतबार आफ्नो पूर्वी तटीय क्षेत्रबाट दुईवटा छोटो दूरीका ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ। करिब तीन घण्टाको अन्तरमा भएका…

प्रतिकृयाहरू
...