Tuesday 29th September 2026

भोटेकोसी बाढीबारे प्रधानमन्त्री शाहको संसद् सम्बोधन


प्रधानमन्त्री बालेन शाहले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि सरकारले खोज, उद्धार, उपचार, राहत र पुनर्स्थापनाका कामलाई तीव्र रूपमा अघि बढाएको बताएका छन्।

प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले हालसम्म करिब १२ हजार जनाको उद्धार गरिएको, प्रभावित क्षेत्रका नागरिकलाई राहत तथा अस्थायी आवासको व्यवस्था गरिएको र पूर्वाधार पुनःस्थापनाको काम जारी रहेको जानकारी दिए। उनले बाढीका कारण ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली र पीडित परिवारप्रति समवेदना व्यक्त गरे।

प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण यस्ता विपद्को जोखिम बढ्दै गएको भन्दै प्रभावित नागरिकको पुनर्स्थापना र पुनर्निर्माणका लागि सरकार प्रतिबद्ध रहेको बताए।


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...