Saturday 3rd October 2026

भोटेकोशी बाढीपीडित प्रहरी परिवारलाई विशेष राहत घोषणा


भोटेकोशी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले विशेष राहत दिने निर्णय गरेको छ। प्रहरी प्रधान कार्यालयको बैठकले पीडित परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता, प्रहरी कल्याण कोषबाट लिएको ऋण मिनाहा तथा सन्तानलाई निःशुल्क शिक्षा उपलब्ध गराउने निर्णय गरेको हो।

साथै, परिवारका इच्छुक एक सदस्यलाई सीपमूलक तालिम प्रदान गरिनेछ। नेपाल प्रहरीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० करोड रुपैयाँ सहयोग गर्ने निर्णय पनि गरेको छ।

भोटेकोशी बाढीमा हालसम्म २५ जना प्रहरी कर्मचारी सम्पर्कविहीन छन्। उनीहरूको खोजीका लागि विशेषज्ञ टोली परिचालन गरिने प्रहरीले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

यमनमा बढ्दो द्वन्द्व र विस्थापनका कारण भोकमरी संकट गहिरिएको छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (WFP) का अनुसार सरकारको नियन्त्रणमा…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा (लुला) चौथो कार्यकालका लागि फेरि राष्ट्रपतिको चुनावमा प्रतिस्पर्धा गर्दै छन्। ८० वर्ष…

प्रतिकृयाहरू
...