Saturday 10th October 2026
नेपालको समाचार
Image

हिजोको बाढीले घर मात्र बगाएन—कैयौँ परिवारको संसार नै बगायो। कतै आमाको काख रित्तियो, कतै बाबुको सहारा खोसियो, कतै सिंगो परिवार नै सम्पर्कविहीन भयो। वर्षौँ लगाएर बनाएको घर, खेतबारी, व्यवसाय र भविष्यका सपना केही घण्टामै माटो र भेलसँगै बगे। आज नेपालका धेरै ठाउँमा बाँकी छ त केवल भग्नावशेष, चिच्याहट, आँसु र…

Image

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नुवाकोटको बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी काठमाडौं फर्किएका छन्। प्रभावित क्षेत्रको प्रत्यक्ष अवलोकनपछि प्रधानमन्त्री शाहले उद्धार, राहत तथा पुनःस्थापनामा राज्यका सबै संयन्त्र पूर्ण क्षमतामा परिचालित रहेको बताएका छन्। प्रधानमन्त्री शाहले प्रभावित नागरिक, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा उद्धार र राहत कार्यमा खटिएका व्यक्तिसँग…

Image

विराटनगर।नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयले बीमा सर्भेयरहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सर्भेयरहरूको वर्तमान अवस्था, कार्यसम्पादन, व्यावहारिक समस्या, क्षमता विकास तथा पेशागत चुनौतीका विविध विषयमा छलफल गरिएको थियो। कार्यक्रममा नेपाल सर्भेयर एसोसिएसन (NISA), कोशी प्रदेशका अध्यक्ष ललित कुमार कायस्थलगायत प्रतिनिधिहरूले नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका…

Image

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि नेपाल टेलिकमले प्रभावित क्षेत्रका सेवाग्राहीलाई दुई दिनका लागि निःशुल्क टेलिफोन, इन्टरनेट र एसएमएस सेवा उपलब्ध गराएको छ। प्रभावित ग्राहकले प्रतिदिन २ जीबी डाटा, ५० वटा एसएमएस र अनलिमिटेड भ्वाइस सेवा पाउनेछन्। बाढीका कारण रसुवा र नुवाकोटमा गरी ७ वटा टेलिकम टावरमा क्षति पुगेको प्रारम्भिक…

Image

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक, पुल तथा केही जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको प्रारम्भिक विवरण प्राप्त भएको छ। बाढीको प्रभाव त्रिशूली नदी हुँदै धादिङ, नुवाकोट, गोरखा र चितवनसम्म फैलिन सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा…

Image

नेपालको स्वास्थ्य बीमा कार्यक्रममा सहभागीको संख्या बढे पनि यसको वित्तीय दायित्व तीव्र रूपमा बढ्दै गएको छ। स्वास्थ्य बीमा बोर्डका अनुसार करिब ५७ लाख सक्रिय बिमितमध्ये ३१ लाखभन्दा बढीले सेवा लिएका छन् भने वार्षिक दाबी भुक्तानी करिब ३० अर्ब रुपैयाँ पुग्ने अवस्था छ। बीमाशुल्कबाट वार्षिक करिब ४ अर्ब रुपैयाँ मात्र संकलन…

Image

भौगोलिक रूपमा विकट भए पनि डिजिटल पहुँचबाट टाढा नरहने उद्देश्यसहित धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा नेपाल टेलिकमको 4G टेलिफोन तथा इन्टरनेट सेवा सञ्चालनमा आएको छ। समुद्री सतहबाट ४,२०० मिटरभन्दा बढी उचाइमा र सडक पहुँचसमेत नभएको बडीमालिका अब डिजिटल सञ्जालमा जोडिएको हो। बडीमालिकाको लौरीविनायकमा टावर स्थापना गरी सेवा सञ्चालनमा ल्याइएको हो।…

Image

बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको हत्या घटनाले देशभर शोक र आक्रोश फैलाएको छ। बालिका हराएको तीन दिनपछि एक खाली घरबाट शव फेला परेपछि स्थानीयवासी, नागरिक समाज र विभिन्न संघसंस्थाले दोषीलाई कडा कारबाहीको माग गर्दै आन्दोलन गरिरहेका छन्। प्रहरीका अनुसार बालिका साउन ३१ गते घरबाट हराएकी…

Image

एक महिनाअघि उद्घाटन गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबारदेखि निजी सवारीसाधनका लागि पनि सञ्चालनमा ल्याइएको छ। नौ सिटसम्मका कार, जीप र भ्यानलाई बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सुरुङमार्ग प्रयोग गरी काठमाडौं–धादिङ आवतजावत गर्न अनुमति दिइएको छ। यसअघि सुरुङमार्ग आपत्कालीन सवारीसाधनका लागि मात्र खुला गरिएको थियो। अहिले परीक्षणस्वरूप निजी सवारीलाई प्रवेश दिइएको…

Image

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दर्ताका लागि पेस गरेका छन्। सोमबार वारेसमार्फत सर्वोच्च अदालतमा पेस गरिएका दुवै रिटमाथि अध्ययन भइरहेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिएका छन्। उनका अनुसार रिट दर्ता हुने…