Saturday 26th September 2026

भोटेकोसी बाढी: १३ हजारभन्दा बढीको उद्धार, अन्तर्राष्ट्रिय सहयोगसहित खोज तथा राहत कार्य जारी


भोटेकोसी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्य १२औँ दिन पनि जारी छ। परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म १३ हजार १०४ जनाको उद्धार गरिएको छ, जसमा ३०० भन्दा बढी विदेशी नागरिक रहेका छन्। पछिल्ला तीन दिनमा चार जनाको सकुशल उद्धार गरिएको छ।

बाढीमा हालसम्म १,३४१ जनाको शव फेला परेको छ भने करिब ५ हजार व्यक्ति अझै सम्पर्कविहीन छन्, जसमा ३५ देशका करिब ६०० विदेशी नागरिक पनि छन्।

भारत, चीन, दक्षिण कोरिया, मलेसियालगायत देशका उद्धार टोलीहरू नेपाली सुरक्षाकर्मीसँग मिलेर प्रभावित जलविद्युत् आयोजनाहरूमा खोज तथा उद्धारमा खटिएका छन्। साथै, २९ भन्दा बढी देश र विभिन्न अन्तर्राष्ट्रिय संस्थाले राहत, प्राविधिक सहयोग तथा विशेषज्ञ टोली उपलब्ध गराएका छन्।

प्रारम्भिक मूल्याङ्कनअनुसार बाढीले ७,५७० घर, ५५ किलोमिटर सडक, १०५ वटा पुल, १३ जलविद्युत् आयोजना तथा १,८०६ हेक्टर कृषि भूमिमा क्षति पुर्‍याएको छ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा शनिबार भएको आत्मघाती बम विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने…

ग्रिसको राजधानी एथेन्सको पर्यटकीय क्षेत्र प्लाकामा भएको शक्तिशाली विस्फोटमा ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चार अमेरिकी पर्यटक र…

लगातारको वर्षा र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। सडक विभागका अनुसार पूर्वपश्चिम राजमार्गको भाइरलडाँडामा सडक…

प्रतिकृयाहरू
...