Tuesday 27th October 2026

राष्ट्रिय शोकमा नेपाल, बाढीपीडितको सम्झनासँगै पुनर्निर्माणको चुनौती


भोटेकोसी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको १३ औँ दिनमा नेपालले सोमबार राष्ट्रिय शोक मनाएको छ। बाढीमा ज्यान गुमाएकाहरूको सम्झना गर्दै देशभर सरकारी कार्यालय र विदेशस्थित नेपाली दूतावासहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ।

बाढीका कारण हजारौँ परिवार ठूलो पीडामा छन्। धेरै परिवार अझै आफ्ना बेपत्ता आफन्तको खोजीमा छन् भने कतिपय परिवार घरबार गुमाएर अस्थायी आश्रयमा बसिरहेका छन्। हालसम्म १३ हजारभन्दा बढी मानिसको उद्धार गरिएको छ। तर झण्डै पाँच हजार जना अझै सम्पर्कविहीन रहेको सरकारी तथ्यांकले देखाएको छ। खोज तथा उद्धार कार्य अझै जारी छ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका हजारौँ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खटिएका छन्। कठिन परिस्थितिका बीच उनीहरूले बेपत्ता व्यक्तिको खोजी, उद्धार र राहत वितरणको काम गरिरहेका छन्।

बाढीले सडक, पुल, घर, विद्युत् र जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएको छ। अब सरकारको मुख्य ध्यान प्रभावित परिवारको पुनर्स्थापना र भौतिक संरचनाको पुनर्निर्माणमा केन्द्रित भएको छ।


सम्बन्धित शीर्षकहरु

बंगालको खाडीमा विकसित भएको चक्रवाती तूफान ‘अर्नब’ को प्रभावका कारण श्रीलंकामा लगातार भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेपछि सरकारले…

अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले केही दिनका लागि त्यस्ता क्षेत्रमा…

काठमाडौँ । साउदी अरब नेपाली श्रमिकका प्रमुख वैदेशिक रोजगारी गन्तव्यहरूमध्ये एक हो। विभिन्न अनुमानमा त्यहाँ झन्डै चार लाख नेपाली कार्यरत…

प्रतिकृयाहरू
...