Tuesday 29th September 2026

बिनाशकारी बाढीको ११ दिनसम्म पनि नेपालमा सुरूङ र पुरिएका घरबाट जिउँदै उद्दार


नेपालमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार अभियानका क्रममा एक चिनियाँ नागरिकलाई १० दिनपछि जलविद्युत अायोजनाको सुरुङबाट र बाढीको लेदोले पुरिएको घरभित्र फसेकी एक महिलालाइ ११ अाैं दिनमा जिवित उद्दार गरिएको छ ।

नेपाली सेना र दक्षिण कोरियाली उद्धार विज्ञहरूको संयुक्त टोलीले अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको २२५ मिटर लामो सुरुङभित्र फसेका चीनिया नागरिकलाई सुरक्षित बाहिर निकालेको हो। उद्धारपछि उनलाई हेलिकप्टरमार्फत उपचारका लागि लगिएको छ।

त्यस्तै, नुवाकोटमा हिलोले पुरिएको घरभित्र फसेकी ६४ वर्षीया एक नेपाली महिलालाई पनि जीवित उद्धार गरिएको छ। उनलाई उपचारका लागि काठमाडौं लगिएको नेपाली सेनाले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा अझै पनि सयौं कामदार र स्थानीयवासी बेपत्ता छन्। उद्धारमा नेपालसँगै भारत, चीन, दक्षिण कोरिया, मलेसिया र अमेरिकाका टोलीहरू समेत खटिएका छन्।

सरकारी तथ्यांकअनुसार हालसम्म बाढीमा १,३७५ जनाको मृत्यु भएको छ भने ५,००० भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेका छन्।


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...