Wednesday 21st October 2026

बिनाशकारी बाढीको ११ दिनसम्म पनि नेपालमा सुरूङ र पुरिएका घरबाट जिउँदै उद्दार


नेपालमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार अभियानका क्रममा एक चिनियाँ नागरिकलाई १० दिनपछि जलविद्युत अायोजनाको सुरुङबाट र बाढीको लेदोले पुरिएको घरभित्र फसेकी एक महिलालाइ ११ अाैं दिनमा जिवित उद्दार गरिएको छ ।

नेपाली सेना र दक्षिण कोरियाली उद्धार विज्ञहरूको संयुक्त टोलीले अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको २२५ मिटर लामो सुरुङभित्र फसेका चीनिया नागरिकलाई सुरक्षित बाहिर निकालेको हो। उद्धारपछि उनलाई हेलिकप्टरमार्फत उपचारका लागि लगिएको छ।

त्यस्तै, नुवाकोटमा हिलोले पुरिएको घरभित्र फसेकी ६४ वर्षीया एक नेपाली महिलालाई पनि जीवित उद्धार गरिएको छ। उनलाई उपचारका लागि काठमाडौं लगिएको नेपाली सेनाले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा अझै पनि सयौं कामदार र स्थानीयवासी बेपत्ता छन्। उद्धारमा नेपालसँगै भारत, चीन, दक्षिण कोरिया, मलेसिया र अमेरिकाका टोलीहरू समेत खटिएका छन्।

सरकारी तथ्यांकअनुसार हालसम्म बाढीमा १,३७५ जनाको मृत्यु भएको छ भने ५,००० भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेका छन्।


सम्बन्धित शीर्षकहरु

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

दक्षिण अमेरिकी देश कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु…

प्रतिकृयाहरू
...