Wednesday 1st May 2024
रोजगार
Image

तिताेपाटी — नेपाल र  मलेसियाबीच बहुप्रतिक्षित द्धिपक्षीय श्रम समझदारी (एमओआई)मा हस्ताक्षर गर्नुअघि उच्चस्तरीय बैठक हायत होटलमा सुरु भएको छ । हायत होटलमा आयोजित द्धिपक्षीय उच्चस्तरीय बैठकपछि समझदारीमा हस्ताक्षर गर्ने कार्यक्रम छ । बैठकमा श्रम,रोजगार तथा सामाजीक सुरक्षा मन्त्री गोकर्ण विष्ट र मलेसियाका समकक्षी कुला शेघरानको नेतृत्वमा भइरहेको छ। शेघरान ६ सदस्यीय उच्च…

Image

तितोपाटी - राष्ट्रपति विद्यादेवी भण्डारीले  भोली कात्तिक १२ देखि १५ गतेसम्म कतारको भ्रमण गर्ने भएकी छन् । कतारका अमिर सेख तमिम विन हमाम अल थानीको निमन्त्रणामा राष्ट्रपति भण्डारीले कतारको तीन दिने भ्रमण गर्न लागेकी हुन् । उनको भ्रमणलाई आइतबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल…

Image

तितोपाटी - कोरियामा एक नेपाली कामदारको उपचारको क्रममा मृत्यु भएको छ । दक्षिण कोरियाको जिन्जु शहर स्थित अस्पतालमा उपचारर्थ दोलखा गौरीशंकर गाउँपालिका ९ घर भएका आङकामी शेर्पाको शुक्रबार निधन भएको छ । मृतक शेर्पा करीब एक महिनाअघि हृदयघात भएपछि उपचार गराइरहेका थिए । अस्पताल भर्ना भएदेखि नै घाँटीभन्दा माथिको भाग नचलेका…

Image

तितोपाटी - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिलेमतो र घुसखोरीका आधारमा श्रम स्वीकृति दिएको आरोपमा वैदेशिक रोजगार विभागका २५ जना कर्मचारीमाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । वैदेशिक रोजगारीका लागि कुवेत जान चाहने महिला श्रमिकहरुलाई श्रम स्वीकृतिका क्रममा उनीहरुले अनियमितता गरेको अख्तियारको आरोप छ । अख्तियारले ‘विचौलियाको मिलेमतोमा विना भिसा र गलत कागजातका…

Image

तितोपाटी - विदेश जाने कामदारको श्रम इजाजतको रि-इन्ट्री अनलाइनबाटै गर्ने व्यवस्था हुने भएको छ । सरकारले वैदेशिक रोजगारीमा दोहोर्‍याएर जाने कामदारहरुलाई इजाजत नवीकरणका लागि अनलाइन सिस्टम प्रयोग गर्न लागेको श्रम मन्त्री गोकर्ण बिष्टले जानकारी दिए । ताहचलस्थित कार्यालयमा पुगेर श्रमको नवीकरण गर्नुपर्ने व्यवस्थालाई सहज बनाउन अनलाइन प्रणाली सुरुआत गर्न लागेको बिष्टले बताए…

Image

तितोपाटी - बुटवलका सुवास अर्याल त्यतिबेला झस्के, जब उनलाई राम्रो काम लगाइदिने भन्दै कमिसन स्वरूप पैसा लिने दुबईका दलालले उनको फोन नै उठाउन छाडे। सुवासले दुबईमा काम गर्ने आफ्नो भिनाजुसँग सापटी मागेर राम्रो जागिर लगाइदिन भन्दै गणेश गिरीलाई २ हजार दिर्हाम्स (६४ हजार रूपैयाँ) दिएका थिए। गिरीले न सुवासलाई काम लगाइदिए,…

Image

तितोपाटी - कुवेतमा हृदयघातका कारण झापा शनिश्चरे -६ स्थायी घर भएकी हर्का माया बिश्वकर्माको मृत्यु भएको छ । घरेलु कामदारमा ५ बर्ष पहिले कुवेत आएकी हर्का माया १६ अक्टोबर २०१८ का दिन कुवेतको सभानासिर स्थित फर्वानिया अस्पतालमा उपचारको क्रममा निधन भएको हो । घरको आर्थिक अवस्था अत्यन्तै नाजुक भएकोले धन…

Image

तितोपाटी - सडक दुर्घटनामा परि कुवेतमा फेरी एक जना नेपाली कामदारको मृत्यु भएको छ । पोखरा घर भर्इ २ महिना अघि मात्र कुवेतको आरमर कम्पनीमा क्लिनरको काममा आएका हरि बहादुर क्षेत्रीको अक्टोवर ५ तारिक शुक्रबारका दिन कारको ठक्करबाट ज्यान गएको हो । ३१ वर्षिय हरिबहादुर नेपालको ह्युमन रिसोर्स म्यानपावरमार्फत कुवेत अाइ…

Image

तितोपाटी - गत जेठदेखि अवरुद्ध रहँदै आएको मलेसियामा नेपाली कामदार आपूर्ति प्रक्रिया कात्तिक १२ गते देखि सुचारु हुने भएको छ। यसकालागि मलेसिया र नेपाल सरकारबीच आगामी कार्तिक १२ गते श्रम संझौता हुने तय भएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार समझदारी पत्रमा हस्ताक्षर गर्न मलेसियाका मानव संसाधनमन्त्री एम कुलसागरन कार्तिक…

Image

तितोपाटी - बेल्जियमको दोश्रो ठूलो शहर आन्त्वरपेन र शैक्षिक नगर लुभेनका नगरपालिकाहरूको निर्वाचनमा नेपाली समुदायका दुई जना महिला उम्मेदवार अहिले चर्चाको शिखरमा छन् । आन्त्वरपेनको प्रोभिन्सियल तथा नगरपालिकाको काउन्सिलरमा लिला शर्मा मानन्धर र लूभेनको नगरपालिकाको काउन्सिलरमा रश्मी निरौला यही अक्टोबर १४ तारिखमा हुने निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् । उनीहरू दुवैजनाको विजयलाई…